कविता -अनुहार पढ्छु
-स्मृति पौडेल
आजकाल मानिसको
अनुहार पढ्छु
एक मा आक्रोश
अर्को मा उदासि भेट्छु
उषाको किरण मधुर बनी
दिउँसो को प्रहर अँध्यारो
हजारौं हजार सपना बेचि
एक पलको निद किनेको देख्छु।।
आँसु र हाँसोको मिस्रित
भाब सगै
उराठ लाग्दो जीवन धेरै देख्छु
आफू आफैमा टुटेर
निर्जीव बस्तु तिर
ठोकिएको भेट्छु
योगदान बिना नै
महानता खोज्ने
आफुलाई निकै अब्बल देख्ने
चिताको आगो सरि
जलिरहेका आर्तहरुको
धेरै भिड देख्छु।।
खोला अनि नदिको छालसरि
भाबहरु बगेको धेरै भेट्छु
के ले लोभिन्छ मानव
खै कुन्नि
अनायास मन गाँसेको देख्छु
आफ्नो अभिस्ठ जब पूरा हुन्छ
जोडिएका ती मनहरु
एकाएक छुटेको देख्छु।।
उडेको बतास झै
छुटेको सम्बन्ध
टुटेको मन लिएर हिडेका
आफू आफैसग के कुरा गर्दै
सडकको चोक अनि गल्ली गल्तीमा
धेरै बटुक डुलेको भेट्छु
सामान्य खुसि पनि त्यहा
कहि कतै हराएको भेट्छु
ह्दयको शान्ति आफैभित्र छोडि
एक अर्को को पुर्णताको भाब तोडि
हजारौं दिल छुटेको भेट्छु
आफ्ना र आफन्त को माया तोडि
जीवन लिला नै यहाँ सकेको धेरै देख्छु।।
पोखरा