आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं/हाल नेपालमा विहार र पश्चिम बङ्गालमा आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल