राष्ट्रिय यूवा संघ पर्वतको अध्यक्षमा बानिया

पर्वत / स्थानीय तहको निर्वाचन नजिकिँदै गएको बेलामा नेकपा एमालेले सङ्गठन विस्तारलाई तीव्रता दिइरहेको बेलामा शनिवार राष्ट्रिय यूवा संघ पर्वतको आठौँ अबिधेसन सम्पन्न भएको छ ।
अबिधेसनबाट सुनिल सिंह बानियाको अध्यक्षतामा सर्वसहमतीमा नै नयाँ समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा बिनोद थापा, सचिबमा आशीष श्रेष्ठ, उपसचिबमा प्रदीप तिमिल्सिना र प्रबिन खड्का (मनोज), कोषाध्यक्षमा प्रकाश पाण्डेय लगायत रहेका छन् ।
यूवा संघले यूवाहरुको प्रतिनिधित्व गर्ने भएकाले आगामी निर्वाचनमा यूवाहरुलाई परिचलान गर्ने कुरामा आफूले कसरत गर्ने नवनिर्वाचित अध्यक्ष बानियाले बताएका छन् । आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नमा कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
अबिधेसनको उद्घाटन सत्रमा बोल्दै एमालेकी केन्द्रीय सदस्य तथा पर्वत ईञ्चार्ज कल्पना चापागाईँले यूवा शक्तिबाट नै परिवर्तनहरु सम्भव भइरहेको बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा पनि यूवाहरुको भूमिका अतुलनीय हुनुपर्ने बताइन् । सुधारिएको राजनीतिका लागि यूवाहरु सक्रिय हुनुपर्ने बताउँदै उनले यूवाहरुमा राजनीतिक सचेतना हुनुपर्ने उल्लेख गरिन् ।
यस्तै, सोही भेलाबाट यूथ फोर्स संयोजकमा भरत सुवेदी चयन भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ