पर्वतमा चैत्र २५ देखि टाइफाइड विरुद्धको खोप अभियान शुरु गरिने , ३१ हजार बालबालिकालाई लगाईने

पर्वत/ पर्वतमा ३१ हजार ९ सय १ जना बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय पर्वत र सात स्थानीय तहहरुको संयोजनमा जिल्लामा चैत्र २५ देखि खोप अभियान शुरु गरिने भएको हो । खोप अभियान बैशाख १८ गतेसम्म सञ्चालन हुने जनाईएको छ । जन्मेको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

जिल्ला खोप समन्वय समितिको आयोजनामा आज पत्रकार र सरोकारवालाहरुका बिचमा भएको अन्तरक्रियामा कार्यालय प्रमुख पौडेलले बालबालिकामा टाईफाईडको संक्रमण नियन्त्रण गर्ने हेतुले देशव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको अवस्थामा पर्वतमा पनि कार्यक्रम शुरु गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले निशुल्क रुपमा खोप लगाउने कार्यक्रम शुरु हुने जानकारी दिनुभयो । अहिले बालबालिकालाई ७ प्रकारका नियमित खोप १२ पटक लगाउने गरिएकोमा यो वर्ष अभियानका रुपमा टाईफाईड खोप लगाईने र अर्को वर्षदेखि नियमित खोपकै रुपमा लगाईने अवगत गराउनुभयो ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकामा ४ हजार ४ सय ४१, जलजला गाउँपालिकामा ५ हजार २ सय ८१, कुश्मा नगरपालिकामा ७ हजार ८ सय २, फलेवास नगरपालिकामा ४ हजार ५ सय ९ जना बालबालिकालाई खोप लगाईने छ । महाशिला गाउँपालिकामा २ हजार १ सय १०, विहादी गाउँपालिकामा ३ हजार २ सय २८ र पैयुँ गाउँपालिकामा ३ हजार १ सय ३८ जनालाई टाईफाईड बिरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । पर्वत अस्पतालका प्रमुख डि.वि क्षेत्रीका अनुसार खोप लगाउनका लागि जिल्लाभर १ सय ६० जना स्वास्थ्यकर्मीहरु परिचालन हुनेछन् । विद्यालय, वाह्य खोप केन्द्र, खोप कार्यक्रम चलाउने स्वास्थ्य संस्थामा खोप केन्द्र राखिने क्षेत्रीले बताउनुभयो । उहाँले अभियानलाई स्थानीय तहको समन्वयमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले टाईफाइड ज्वरो पूर्ण रुपमा नियन्त्रण गर्नका लागि खोप नै महत्वपूर्ण उपाय रहेको भन्दै खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन जनप्रतिनिधीहरुले बढि चासो दिएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सञ्चारमाध्यमले बढि भन्दा बढि चेतना फैलाउने किसीमका सामाग्रीहरु जनजनमा पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा र जिल्ला समन्वय अधिकारी समेतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नारायण रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’