मोदीमा दोस्रो राष्ट्रिय सभा अध्यक्ष कप शुरु

पर्वत । जिल्लाको मोदी गाउँपालिकामा दोस्रो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता शुरु भएको छ । मोदी गाउँपालिकाको पर्यटकीय गाउँ चित्रे शुरु भएको उक्त प्रतियोगीताको एक कार्यक्रमका वीच राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले औपचारिक रुपमा शुरुवात गरेका छन् ।

प्रतियोगीताको शुरुवात गर्दै अध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यमबाट स्वस्थ रहन युवाहरुलाई अनुरोध गरे । उनले प्रतियोगीता भर मोदी बासीले खेलकुदसंगै मनोरञ्जन समेत लिएर प्रतियोगीतालाई सफल बनाउन समेत अनुरोध गरे । जिल्लाको विकास निर्माणमा आफू सधै चिन्तित रहेको र सक्दो प्रयासका कारण धेरै ठूला आयोजनाहरु जिल्लामा भित्रिएको स्मरण गराउदै सम्बृद्ध मोदी निर्माणको लागि आफ्नो सार्थक पहल रहने प्रतिबद्धता दोहोराए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरी, संविधान सभा सदस्य अर्जुन जोशी, कल्पना चापागाई, प्रदेश सभा सदस्य ललितकला गुरुङ, गाउँपालिका उपाध्यक्ष सेती महत लगाएतले शुभकामना मन्तब्य राखेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रेम पौडेलले गरेका थिए ।

सोहि दिन जनसिद्ध माविमा नवनिर्मित ४ कोठे भवनको अध्यक्ष तिमिल्सीनाले उद्घाटन समेत गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ