काँग्रेस नेता हमाल सहितका व्यक्तिलाई क्रिएटिभ युथ ग्रुपको सम्मान

पर्वत / कोभिड–१९ सङ्क्रमणको बेलामा आर्थिक तथा भौतिक रुपले मानवीय सहयोग गरेका नेपाली काँग्रेसका नेता विप्लव जंग हमाल लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
कोभिड–१९ सङ्क्रमणको बेलामा गुमेको रोजगारी तथा नपाएको कामका कारण आर्थिक समस्यामा रहेकाहरुको अभावलाई टार्न आर्थिक तथा भौतिक सहयोग गरेको, सङ्क्रमितहरुको उपचार र हेरचाह तथा अस्पतालसम्म ओसारपोसार गर्नका लागि सघाएको, कोभिडकै कारण मृत्यू भएकाहरुको शव व्यवस्थापनको लागि सहयोग गरेको लगायतका कारण जलजलामा स्थापना भएको क्रिएटीभ युथ ग्रुपले जलजला गाउँपालिकाकै मल्लाजमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
ग्रुपका संयोजक राजु आचार्यका अनुसार कोभिडको बेलामा क्रिएटीभ युथ ग्रुपमा आवद्ध भएर तथा त्यो भन्दा बाहिर रहेर पनि जलजलाका यूवाहरुले कोभिडको अवस्थालाई सामान्यीकरण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समुदायमा रहेका अन्य व्यक्तिहरुको पिडा कम गर्नको लागि दुःखको बेलामा सहयोग गरेको तथा आफै पनि खटेका कारण सहयोगीहरुलाई सम्मान गरिएको हो ।
‘कोभिडको बेलामा मानिसहरु कोभिड भन्ने शब्द सुन्दा नै डराउने अवस्था थियो । त्यो बेलामा जलजलाका सहयोगी र जोशीला यूवाहरुलाई अवस्थालाई सहज अवस्थामा धेरै मिहिनेत गर्नुभयो,’ संयोजक आचार्यले भने, ‘समाजका लागि केही गरेका व्यक्तिहरुलाई सम्मान दिँदा सामाजिक काममा उहाँहरुको लगाव थप बढ्नेछ । उहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
रोटरी क्लब लगायतका सामाजिक र परोपकारी संस्थामा आवद्ध रहेका काँग्रेस नेता तथा सामाजिक व्यक्तित्व हमालले कोभिडको बेलामा गरेको सहयोगका कारण अमेरिकाबाट प्रदान गरिने हिरो अवार्ड समेत प्राप्त गरिसकेका छन् । रोटरी क्लबमा वर्ष २०१७–२०१८ मा अध्यक्ष समेत भई काम गरेका उनले जलजला गाउँपालिका सहितका जिल्लाका विभिन्न स्थानका असाह्य तथा समस्यामा परेकाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् । क्रिएटीभ युथ ग्रुपको सम्मान ग्रहण पश्चात उनले समस्यामा रहेका व्यक्तिहरुलाई सहयोग गर्नु नै मानवीय धर्म रहेको बताउँदै आफू सदैव सामाजिक काममा आवद्ध रहने प्रतिक्रिया दिए ।
‘आफूलाई मात्रै सुखको घेरामा राखेर त मानवीय व्यवहार नै हुँदैन् । कोभिडमा सक्दो सहयोग गरेँ, त्यो बाहेकका कुरामा पनि सामाजिक रुपमा सक्रिय हुँदै आएको छु,’ उनले भने, ‘एउटा मानिसको पिरमा अर्को मानिसले मलह्म नलगाउने हो भने दुःखेको घाउ कसरी पो निको हुन्छ र ? अरुको पिरमा सकेको सहयोग सबैले गरेमा धेरै मानिसको आँशु पुछिन्छन् ।’ पर्वत उद्योग वाणिज्य संघको सल्लाहकार समेत रहेका हमालले आगामी दिनमा पनि समस्यामा परेकाहरुको समस्या टार्नको लागि आफ्नो प्रयास कायमै रहने बताए ।
सोही कार्यक्रममा ग्रुपले कोभिडको बेलामा सञ्चालन गरेका गतिविधिहरु समेत सार्वजनिक गरिएको थियो ।
जलजलाका युवाहरुले कोरोना महामारीका बेला राजुप्रसाद आचर्यको संयोजकत्व र नविन जिसीको व्यवस्थापनमा जलजला युथ ग्रुप गठन गरी उत्कृष्ट कार्य गरेको थियो । कोरोना सङक्रमणको त्रास हुँदा हुँदै पनि सात सय ५० जना बिरामीको उपचारमा सहयोग, कोरानाका कारण ज्यान गुमाउनेहरुको शव ब्यबस्थापन, स्वास्थ्य सुरक्षाका सामाग्री (मास्क, स्यानिटाइजर, पञ्जा, औषधि लगायत) वितरण गरेको थियो । जलजला युथ ग्रुपको यो स्वयंसेवी कार्यलाई विभिन्न व्यक्तिले सहयोग समेत गरेका थिए ।
अभियानका क्रममा बचत भएको एक लाख रुपैया धन बहादुर जिसी स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कृष्ण केसीले राजनैतिक रुपमा जे जस्तो आस्था भए पनि विपतको समयमा युवाले गरेको कामको प्रशंसा गरे । यूवाहरुले राजनीति भन्दा माथि उठेर गरेको सामाजिक सहयोगले कोभिडलाई जित्नको लागि निकै सजिलो भएको बताए । ग्रुपका संयोजक आचार्यले युवामा भएको जोश जाँगरले आर्थिक संकलन गरेर ठुलो त्रास हुँदा हुँदै पनि जलजला क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण भएको बताए ।
संयोजक आचार्यको अध्यक्षतामा भएको कुशल जिसीले स्वागत मन्तब्य राखेका थिए भने नवीन जिसीले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’