पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौँ/आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ। मंगलबार युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

पपुवान्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले १३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा ग¥यो।

नेपाललाई जित दिलाउने क्रममा दुई ब्याटरले अर्धशतक पूरा गरे। ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गर्दा नेपालको ब्याटिङ सम्हालियो।

कुशलले ६४ बलमा ५० रन जोडे। अर्का ओपनर आसिफ शेख २ रनमै आउट भएपछि आएका आरिफले १०५ बलमा ५९ रन जोड्दै नटआउट रहे।

भुर्तेलले ४ चौका र एक छक्का हिर्काउँदा आरिफले ४ चोकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

आरिफसँग बलियो साझेदार गरेका रोहित पौडेल ४४ रनमा नटआउट रहे। उनले ४८ बलमा ५ चौका हिर्काए। दीपेन्द्र सिंह ऐरी भने शून्य रनमै आउट भए।

नेपालले टस जितेपछि फिल्डिङ रोजेको थियो। पपुवान्युगिनीलाई सस्तैमा समेट्न सोमपाल कामीले र सन्दीप लामिछानेले २÷२ तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सराफले १÷१ विकेट हात पारे।

कप्तान असाद भालाले सर्वाधिक ४५ रन जोड्दा पपुवान्युगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७३ रन जोडेको थियो।

पपुवान्युगिनीविरुद्ध दुवै खेल जितेको नेपाल युएईसँग भने दुवै खेलमा पराजित भएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल