पर्वतको हिमाली भेग हिउँले सेताम्य, हिउँ परेपछि बाली सप्रने भन्दै किसानहरू उत्साही [फोटोफिचर]

पर्वत /पर्वतको उच्च पहाडी क्षेत्रमा बिहीबार साँझदेखि नै हिमपात भइरहेको छ । कुश्मा र आसपासका क्षेत्रमा भने भारी वर्षा भइरहेको छ । हिमपातका कारण पर्वतका हिमाली बस्तीहरू सेताम्य देखिएका छन् ।

‘हिजो साँझ माथिल्लो भेगको जंगलमा हिउँ परेको थियो । आज बिहानदेखि गाउँभर नै हिउँ परिरहेको छ । चिसो बढ्दै छ । चिसोसँगै हिउँ पनि तलतल सरिरहेको छ,’ अध्यक्ष पुर्जाले बताए । हिमपात सुरु भएपछि स्थानीयहरू घरबाहिर निस्किएका छैनन् । गाउँमा सुरु भएको सडक, निर्माण लगायत विकासनिर्माणका काम पनि हिमपातका कारण रोकिएको बताइएको छ ।

तर बनौंमा, कुश्मा लगायत स्थानबाट हिउँ खेल्न जानेहरूको भीड लागेको स्थानीय प्रकाश पुनले बताए । हिमपात निरन्तर तल्लो भेगमा पर्न थालेपछि ग्रामीण सडकहरू समेत अवरुद्ध भएको स्थानीयले बताए । गाउँ पुगेका सवारीसाधन बाक्लो हिउँले फर्किन सकिरहेका छैनन् ।

यस्तै मोदी गाउँपालिका–४ क्याङको लेस्पार, सहश्रधारा लगायत बस्तीमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ । क्याङका नरशिंह पुनका अनुसार बस्तीसम्म हिउँ झर्न सुरु गरिसकेको छ । बाक्लो हिउँ पर्दा यस्तो मौसमले खेतीबालीलाई राम्रो गर्ने भन्दै स्थानीय किसानहरू खुसी देखिएका छन् । पुस र माघ महिनामा हिउँ पर्दा त्यसले बाली फस्टाउने भन्दै क्याङवासी किसानहरू खुसी देखिएका छन् ।

फलेबास–१ कार्कीनेटाका भुपेन्द्र पोख्रेलका अनुसार यस क्षेत्रमा १६ वर्षयताकै बाक्लो हिमपात भएको छ । उनका अनुसार कार्कीनेटा आसपासमा २०६३ फागुन १ गतेयता यति बाक्लो हिउँ परेको थिएन । पुस, माघ महिनामा हिउँ पर्दा आलु, गहुँ, तोरी लगायत बाली सप्रने बताइन्छ । जिल्लाका कृषि अधिकृत नमोनारायण शर्माका अनुसार हिउँदको वर्षा र हिमपातका कारण फलफूल र खेतीपाती राम्ररी फस्टाउने गर्छ ।

तस्बिर सौजन्यः प्रकाश पुन

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’