पिपल गेडीकाे लाेभ र गुजीकाे त्रासमा गरिएकाे यात्रा स्मरण

-टिकाराम भुसाल

प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ताकाे लागि गरिएकाे गठबन्धन निर्वाचन सम्मै रहने आश्वासन दिए पछि प्रचण्ड र माधव नेपाल जेठमा स्थानिय तहकाे निर्वाचन गर्न सहमत भएकाे खबर पढेर मलाई बाल्यकालकाे एउटा घटना स्मरण भयाे ।
म पाँच वर्षकाे हुँदा आमाकाे पछि लाएर हजुर आमाकाे घर जिमेरे गएकाे थिएँ । जाँदा आमा रित्तै जस्ताे भएकाेले धेरै वाटाे बाेकेरै लैजानु भएकाे थियाे ।
हिउँदकाे गुन्द्री बुन्ने महिना थियाे क्यारे । आमा २ दिन जति वसेर हजुर आमा र फुपु समेतकाे सहयाेगमा दुई तिनवटा गुन्द्री बुन्नु भयाे । गुन्द्री तथा गेडागुडिका पाेकाले गर्दा आमालाई झुट्के भारी भै हाल्याे । मेराे अंशमा जिमिरे देखि घर सम्मै आफ्नै खुट्टाले टेकेर हिड्न पर्ने बाध्यता आई पराे ।
भाटरे खेतकाे उकालाे शुरू हुने बित्तिकै देखि मलाई गाह्राे हुन थाल्याे । आमासंग खुन्खुन् गरें, आमाले “हिड हिड देउरालीमा गएर मिठाई किनिदिउँला” भनेर फकाउनु भयाे । देउराली गएर मिठाई खान पाउने आशै आशमा भाटरे खेतकाे उकालाे, कुसुण्डाडा माथिकाे तेर्साे, तथा कान्ले माथिकाे तेर्पाएँ वाटाे काटेर लुंखु देउरालि पुगेकाे पत्तै भएन ।
लुंखुदेउराली वजारमा पुग्ने वित्तिकै वजारमा मगमग बासना आउँथ्याे त्यतिबेला । आमाले कान्ले साहुकाे पसलमा गएर १० पैसाकाे पिपल गेडि ( पिपलका दाना जत्रा भएर हाे कि पिपलगेडि भनेकाे) किन्नु भयाे । राता,निला, हरिया,पँहेला तथा सेता रंगका गाेडा बिसेक थिए हाेलान । आमाले ति मध्येकाे एउटा गेडी मेराे मुखमा राखिदिएर “नचबाईकन गालातिर लगेर च्याप” भन्नु भाे मैले त्यसै गरेँ । मुख गुलियाे भयाे, गुलियाे थुक निल्दै म हिडें खडेरि खाेल्सा नपुग्दै पहिलाे गेडि सकियाे ।मैले हिड्न सकिन भनेर फेरि खुनखुन गरें आमाले अर्काे गेडि दिनु भयाे । यसै गरि हिड्दा “सिस्ने खाल्टा” मुनि पुग्दा आमाले मिठाइ सकियाे भन्नु भयाे । म हिड्न सकिन भनेर गनगन गरेँ आमाले “चाक्लि पातलकाे पहरे मिठाई खालास” भन्नु भयाे ।
चाकलिपातलमा “राय ठकुरि”काे घर कटे पछि ससानाे ओडार परेकाे ढुंगाे रहेछ । साे ढुंगाकाे एउटा खाल्टाे जस्ताे ठाउँवाट आमाले आँसिकाे टुप्पाले काेतरेर अलिकति धुलाे निकाल्नु भयाे र पटुकाकाे टुप्पाेमा गाँठाे पारेर बाँध्नु भयाे । अलिकति मेराे मुखमा राखि दिएर भन्नु भयाे “मुखमा छँदा नुनिलाे नुनिलाे हुन्छ पेटमा गए पछि गुलियाे हुन्छ” । त्याे धुलाे नुनिलाे थियाे (पछिसम्म पनि हामिले त्याे बाटाे हिंड्दा ढुंगाकाे नुन काेट्याएर खान्थ्याैं) । पेटमा गए पछि गुलियाे हुने विश्वासमा आमासंग मागेर तिन चार पटक ढुंगाकाे नुनिलाे धुलाे खाएँ । बागपानी कुवा नपुग्दै तिर्खा लाग्याे, वागपानीकाे चिसाे पानीले तिर्खा मेटें ।
वागपानीकाे कुवा काटे पछि आमाले “पेटमा गए पछि गुलियाे हुने मिठाई” दिनु भएन । मैले माग्दा अलि अगाडि ठुलाे भिरालाे चाैरकाे पुछारमा रहेकाे एकपाखे ठाँटी देखाउँदै भन्नु ” उ त्याे ठाँटीमा गुजी बसेकाे छ त्यस्ले मिठाई खाएकाे देख्याे भने बाेकेर लगि हाल्छ” भनेर डराउन दिनु भयाे । म डराई डराई आमाकाे गुन्युकाे टुप्पाे समाउँदै लुखुर लुखुर हिंडि रहें । एकपाखे ठाँटी काटेर भल्कुकाे डाडा नपुग्दासम्म मैले गुन्युकाे टुप्पाे छाडिन ।
भल्कुकाे डाडा काटे पछि आमाकाे स्वर बदलियाे । हिड्न सकिन भनेर यसाे वस्याे भने “अघिकाे ठाँटिकाे गुजी पछिपछि आएकाे छ मेराे पछाडि परिस् भने लगि हाल्छ ” भनेर धम्क्याउन थाल्नुभयाे । त्यस पछिकाे यात्रा गुजीकाे डरले सकि नसकि आमाकाे अघि अघि दाैडिदै घर पुगे पछि टुंगियाे ।
अहिलेकाे सत्ता गठवन्धनकि “आमा”(देउवा)लाई मेरी आमालाई जस्तै अप्ठ्याराे परेकाे छ ।
दुई “बालक” (माधव-प्रचण्ड) लाई संगै लिएर हिड्न परेकाे छ तर ति बालकहरू “आमा”काे सहारा विना हिड्ने आंट गर्दैनन् । उनिहरूलाइ कहिले पिपलगेडि(पद), कहिले “पेटमा गए पछि गुलियाे हुने धुलाे” ( निर्वाचनसम्म कै गठवन्धन) खुवाउँदै र कहिले “गुजि”(एमाले)काे डर देखाउँदै हिडाउनु परेकाे छ । पिपल गेडि अस्ति १२ गते सकियाे क्यार, अब “पेटमा गए पछि गुलियाे हुने धुलाे” अलिकति छ । त्याे पनि “यिनिहरूलाई दिन पाईदैन” भनेर अरू जहान कराउन थालेका छन् ।
“गुजि”काे डर देखाएर खेद्न सकिन्छ भन्ने बिश्वासमा छन् गठवन्धन कि “आमा” ।

(भुसाल तत्कालिन जिल्ला बिकास समिति पर्वतका उपसभापति हुन ।)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल