पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा नविन उपाध्याय चयन
पर्वत/रोजगारीको शिलशिलामा दक्षिण कोरियामा पुगेका पर्वतेलीहरु एकिकृत भएका छन् । रोजगारि, ब्यवसाय र अध्ययन लगायतका विभिन्न पेशामा रहेका पर्वतेलीहरुको भेलाले हालै नवीन प्रसाद उपाध्यायको अध्यक्षतामा २५ सदस्यीय पर्वत समाज दक्षिण कोरिया गठन भएको छ ।
जुम भर्चुअलबाट उपस्थित प्रमुख अतिथि एन आर एन दक्षिण कोरियाका अध्यक्ष दिपक पुन तथा विषेश अतिथिमा एन सि सि द. कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको उपस्थितिमा सम्पन्न भेलाले कार्यसमिति चयन गरेको गठित समितिको वरिष्ठ उपाध्यक्षमा दिपक केसी महिला उपाध्यक्ष कमला केसी, उपाध्यक्ष बिमल खत्री र थानेश्वेर पौड्याललाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सचिबमा जीवन पौडेल सहसचिब सन्जिब कुमार शर्मा र कोषाध्यक्षमा आशिष गुरुङ, सह-कोषाध्यक्षमा सरोज गुरुङ रहेका छन् । उक्त कार्यक्रमको अध्यक्षता निबर्तमान उपाध्यक्ष जनक क्षेत्रीले गरेका थिए ।
पछिल्लो समय यसरी विभिन्न मुलुकमा छरिएर रहेका पर्वतेलीहरु समाजमा एकिकृत भई जन्मभूमि प्रति सहयोग र सद्भाव दर्शाउँदै आएका छन् । समितिका अध्यक्ष नविनप्रसाद उपाध्यायले प्रथमतः पर्वतबाट दक्षिण कोरिया आएर बसोबास गर्ने सवै पर्वतेलीहरुको पहिचान गर्ने र तत् पश्चात् जन्मभूमि प्रति आपतकालिन क्षेत्रमा सहयोगका लागि अभियान सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।