म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

म्याग्दी /म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो ।

यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ । जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइलमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानूनअनुसार कारवाही गरिने बताए । जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै कडाइ गरिएको हो । सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमति ३२ रहेका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’