बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

पर्वत । कालीगण्डकी नदीमाथिको तारेभीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (स्काई साइक्लिङ) व्यावसायिक रूपमा शुरू भएको छ । पर्वतको बन्जीजम्पको पारिपट्टि बागलुङको बलेवामा द क्लिफ प्रालिले स्काई साइक्लिङ शुरू गरेको हो । भीरैभीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकिएको थियो । अहिले कोरोनाको महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरेर साइक्लिङ शुरू गरिएको कम्पनीले बताएको छ ।

अध्यक्ष कार्कीका अनुसार साइक्लिङ गर्ने डोरी दुईतर्फी गरेर ६०० मिटर छ । साइक्लिङका लागि प्रतिव्यक्ति शुल्क ३ हजार ५०० रुपैयाँ रहेको छ । सञ्चालन शुभारम्भको अवसरमा यसमा हजार रुपैयाँ छूट दिइएको छ । उक्त स्थानमा बञ्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत पनि छूट दिइएको बताइएको छ । साहसिक खेलप्रति पछिल्लो समय युवाको आकर्षण बढेकाले स्काई साइक्लिङ थपिएको कम्पनीका निर्देशक नेत्र पराजुलीले बताए ।

बागलुङको बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । कालीगण्डकीमाथि पर्वतको कुश्मा जोड्नेगरी अलग प्रकृतिको झोलुंगे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुंगे पुलको बलेवा र कुश्माको पर्यटन व्यवसायमा टेवा पुर्‍याएको छ ।

क्लिफका संरचना नजिकै कुश्माका व्यवसायीको सक्रियतामा जिपलाइन समेत सञ्चालनमा छ । एक वर्षअघि निर्माण शुरू भएको जिपलाइनको काम सकिएर सञ्चालनमा आएको छ । कालीगण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेल बताउँछन् । आन्तरिक जस्तै विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सके बलेवा र कुश्माका लागि यहाँको पर्यटन आर्थिक उन्नयनको स्रोत बन्ने उनको बुझाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ