पर्वतको पाङ्गमा नमुना क्रिकेट मैदान निर्माण शुरु, सहजीकरणका लागि समिति गठन
पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङ्गमा क्षेत्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्य शुरु भएको छ ।
पाङ्ग कुनाचौरको खेल मैदानमा क्रिकेट रंगशाला निर्माण गर्न थालिएको हो । निर्माण कार्य शुरु भए संगै स्थानिय समस्याहरु समाधान गर्न सहजीकरण गर्ने उद्देश्यले समाजसेवी स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति समेत गठन गरिएको छ ।
पाङ्ग कुनाचौरको १ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको चौरमा गण्डकी प्रदेशकै नमुना क्रिकेट मैदान निर्माण गर्न थालिएको कुस्मा नगरपालिका वडा नं १ का अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिनुभयो । क्रिकेट रंगशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपुरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले ३ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षमा योजना आयोगको ५० लाख र कुस्मा नगरपालिकाको २० लाख भन्दा बढी रकम गरि झण्डै ७० लाख बजेटमा मैदान सम्याउने तथा कालीगण्डकीको भीर तर्फ पर्खाल लगाउने काम भैरहेको वडा अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष सुुबेदीका अनुसार मैदानमा पश्चिम तर्फ ३० हजार मानिस अटाउने प्याराफिट समेत बनाउन थालिएको छ । चालु बजेटले मैदान र प्याराफिट बनाउने काम हुने उहाँको भनाई छ । मैदान निर्माणका लागि केही जमिन अपुग भएकाले लक्ष्मीनारायण मन्दिर तथा बिद्यालय र निजी जमिन समेत उपभोग गर्नुपर्ने अबस्था आएको छ । यसका लागि स्थानियस्तरमा कुनै बिबाद नहोस भनेर वडा कार्यालयले आयोजना गरेको भेलाले पाङ्ग धैरेनी माबिकी बिद्यालय ब्यबस्थापन समितिकी अध्यक्ष स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ । समितिले स्थानियस्तरमा आउने बिबादको समाधान गर्ने तथा निर्माणको कामलाई सहज बनाउने अध्यक्ष स्वास्थानी रिजालले बताउनुभयो । पाङ्गमा क्रिकेट मैदान बन्न यस क्षेत्रका लागि नै महत्वको बिषय भएकाले यसलाई निर्वीबिबाद रुपमा अघि बढाउन सजीकरण गर्ने उहाँले बताउनुभयो ।
सजीकरण समितिमा उपाध्यक्षमा इन्द्र कँडेल, सचिबमा जर्नादन रिजाल, कोषाध्यक्षमा देबराज रिजाज, सहसचिबमा टेकबहादुर सुबेदी,सदस्यमा केदारनाथ पौडेल, मनोज जिसी,रामप्रसाद सुबेदी, बिनोद नेपाली, सुर्य आचार्य र गिता रिजाल रहेका छन । यसैगरी दयाराम रिजाल, फडिन्द्रनाथ पौडेल, भक्तीबिलास रिजाल, कृष्णबहादुर क्षेत्री, रामप्रसाद रिजाल, तेजनाथ रिजाल र अनन्तराज पाध्या रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
।