तीव्र गतिमा बढ्दै कोरोना, पछिल्लो २४ घण्टामा थपिए २४ सय ४४ संक्रमित

नेपालमा कोरोना संक्रमित तीव्र गतिमा थपिन थालेका छन्। कोरोनाको तेस्रो लहर सुरु भएको सातामै संक्रमितको संख्या दैनिक ५ सयदेखि एक हजारको दरले बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २४ सय ४४ नयाँ संक्रमित थपिएका छन्।

जसमा १९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन्। त्यस्तै एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको छ।

यही अवधिमा मृत्युदर भने निकै कम रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मात्रै ज्यान गएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३ सय ८५ परीक्षण भएको थियो।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया