नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित

पर्वत। नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल सर्वसम्मत  निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो ।

जिल्ला नेतृत्वका लागि आधा दर्जन भन्दा धेरै आकाङ्क्षी देखिएकाले ४ दिन सम्म सम्मेलन लम्बिएको थियो। जिल्ला अध्यक्ष पदमा वर्तमान उपसचिव गोविन्द पहाडी, सचिव पदमपाणी शर्मा, प्रदेश कमिटी सदस्य राजु पौडेल, कार्यवाहक अध्यक्ष भक्त कुँवर, प्रदेश कमिटी सदस्य मित्रलाल बस्याल र प्रदेश कमिटी सदस्य देवेन्द्रराज पाण्डेले दाबी गरेका थिए ।

चार दिन देखिको प्रयास पछि सोमबार सहमति जुटेसँगै पौडेलको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध भएको छ । पौडेल यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य बनेका थिए भने महाशिला गाउँपालिकाका अध्यक्ष समेत हुन । उनी आठौँ अधिवेशनमा पदम गिरिसँग झिनो मतले पराजित भएका थिए ।

त्यसै गरी उपाध्यक्षमा फलेवास नगरपालिकाका प्रमुख एवं हालका जिल्ला सचिव पदम पाणी शर्मा, सचिवमा गोविन्द पहारी,सहसचिवमा शिव पौडेल र विमल लामिछाने निर्वाचित भएका छन् । पर्वत जिल्ला कार्यसमितिका ९० जना पदाधिकारी र सदस्य  नै सर्वसम्मत चयन गरिएको निर्वाचन कमिटीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया