नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा केसी बिजयी

बागलुङ/नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित हुनुभएको छ । केसीले ३२९मत ल्याएर निर्वाचित हुनुभएको एमाले बागलुङका निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयो । एमाले अध्यक्षमा तीन जनाको प्रतिस्प्रर्धा रहेको थियो ।

एमाले अध्यक्षका अर्का प्रत्यासी कृष्ण पाठकले २२८ मत र मेहर सिंह पाइजाले ३४ मत प्राप्त गर्नुभएको थियो । ६३६ मतदातामा आइतबार भएको मतदानमा ६०२ मत मात्रै खसेको थियो । निर्वाचनमा ११ मत बदर भएको छ।

एमालेको अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा मात्रै निर्वाचन भएको थियो । एमालेको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल सर्वसम्मत चयन भइसक्नुभएको छ । यस्तै नेकपा एमालेको उपसचिवमा गणेश थापा र डम्मर बहादुर श्रीस विजयी हुनुभएको छ । निर्वाचनमा थापाले २९९ र श्रीसले २२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राम शर्माले बताउनुभयो ।

दुई उपसचिव पदमा ६ जनाको प्रतिस्प्रधा रहेको थियो । उपसचिवमा प्रतिस्प्रधा गर्ने प्रेम लामिछानेले १०७, नेत्र विष्ट ११३, चित्राकला श्रीसले १५९ र राम बहादुर जिसीले १६४ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया