पर्वतको मुडिकुवामा उत्पादित सातु विदेशमा निर्यात हुँदै

पर्वत/ पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देशबिदेशमा समेत निर्यात हुन थालेको छ । फलेबास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रसोधन उद्योगले मकै, भट्टमास, फापर, गहुँ लगायतको सातु युरोप, अमेरिका लगायतका मुलुकहरुमा निर्यात गर्न थालेको हो ।

स्थानीय उद्यमी थानेश्वर भुषालले स्थानीय किसानले उत्पादन गरेको मकै, भट्ट, फापर, चना लगायतको मिश्रणबाट पोशिलो खाजा उत्पादन शुरु गरेको ३ वर्ष भयो । उनले उत्पादन गरेको सातु शुरुका दुई वर्ष जिल्लाका बिभिन्न खाद्य पसल, डिपार्टमेण्टल स्टोर हुँदै अहिले बिदेश निर्यात गर्न शुरु गरेका हुन् । उनले मुडिकुवामा मा विगत २० वर्षदेखि पर्वत खाद्य प्रसोधन उद्योग सञ्चालन गर्दैआएका छन् । उद्योगले किसानले उत्पादन गरेका मकै, भट्ट, फापर, गहुँ लगायतका अन्नहरु भुटेर विभिन्न परिकार उत्पादन गर्न थालेको हो ।

बजारमा अर्गानिक खाजाको माग भैरहेकोले बजारमा सातु बनाएर विक्री गर्न थालेको भुषालले बताए । गाउँमा चाख नभएपनि बजार र बैदेशिक रोजगारीमा जानेहरुले यस्तो परिकारको माग गर्नेगरेको भुषालले बताए । ‘गाउँमा यो पुरानो परिकार भन्दै खासै चाख गर्दैनन्,’ उनले भने, ‘गाउँबाट बजार झरेका र बिदेश जानेहरुले निकै माग गर्न थालेका छन् ।’ उनका अनुसार जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया लगायततमा यहाँ उत्पादित सातु निर्यात भइरहेको छ । उद्योगमा भुषालले गएको ७ वर्षदेखि लप्सीको अचार, क्याण्डी, तितौरा, अदुवाको क्याण्डी लगायतका परिकार अमेरिका र युरोपका बिभिन्न मुलुकहरुमा निर्यात गर्दैआएका थिए । लप्सी, अदुवा र अमलाका अर्गानिक परिकार माग गर्ने देशहरुबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकार समेत माग हुन थालेपछि ‘पोशिलो सातु’ नाम दिएर बिभिन्न अन्नको मिश्रण गरि सातु उत्पादन थालेको भुषाल बताउँछन् । ‘धेरैजसो गैर आवाशिय नेपालीहरुले कोशेलीका रुपमा लैजान्छन्,’ उनले भने, ‘दुई वर्षदेखि व्यवसायिक रुपमै केहि उत्पादन अमेरिका पठाउँछु । यो पोशिलो खाजा पनि उता धेरै माग बढेपछि उत्पादन शुरु गरेको हुँ । अहिले राम्रो माग छ ।’ गत आर्थिक वर्षमा करिव तीन क्विण्टल सातु बिदेश निर्यात गरेको उनले बताए । उद्योगले यसअघि गाउँघरमा खेर गएका लप्सी, अमला, अदुवा लगायतका परिकार उत्पादन गर्दैआएको थियो । तीन वर्षअघि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उद्योगको क्ष्ँमता बिस्तार गरि घरेलु सातु बनाउने उद्योगमा लगानी गरेपछि भुषाल त्यसमा लोभिएका हुन् । सातु उत्पादन गर्न थालेपछि आम्दानी पनि बढेको छ । यहाँको सातु अहिले कुश्माबजारमा खाद्य स्टोर्स, डिमार्टमेण्टलले खरिद गर्ने गरेका छन् । पर्वत अस्पतालमा सञ्चालित पोषण गृहमा समेत यहाँको पोशिलो सातु माग भएको उनले बताए । गाउँघरमा उत्पादित अर्गानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र बृद्धबृद्धाहरुले उद्योगमा उत्पादित सातु पौष्टिकता मात्रै नभएर स्वास्थ्यका लागि पनि लाभदायक हुने
स्वास्थ्यकर्मीहरु बताउँछन् ।
‘बजारका तयारी खाजाले स्वास्थ्य बिगारेको छ,’ डा. मानव तिवारीले भने, ‘बजारका जंक फुडको तुलतामा यो सातु धेरै गुणस्तरिय छ । गाउँघरका उत्पादनको उपयोगलाई प्रोत्साहन गर्नुपर्छ ।’ गाउँघरमै पाइने अन्नको मिश्रणबाट उत्पादित यो सातु जिल्लाभित्र र बाहिरका विभिन्न विद्यालयमा दिवा खाजाको रुपमा पनि खरिद गरेर लैजाने गरेको भुषालले बताए । उद्योगमा सातुको परिकार बनाउन थालेपछि यहाँ कार्यरत कर्मचारीहरु बाह्रै महिना व्यस्त भएको भुषालले बताए । त्यसअघि लप्सी, अदुवा र अमला प्रशोधन गर्दा चार–पाँच महिनालाई मात्रै काम भएकोले कर्मचारीहरुलाई अरु समय बिदामा पठाउनुपथ्र्यो ।फलेबास साप्ताहिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’