पर्वतका स्थानीय तहमा भ्रष्टाचार बढी :गल्ती गर्नेलाई अख्तियारले छाड्दैन– आयुक्त सिलवाल

पर्वत/ पर्वतका सात स्थानीय तह र प्रदेश तथा संघीय सरकारी कार्यालयका गरी ६९ वटा मुद्धा दर्ता भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका मुद्धा बढि रहेको पाईइको छ । आईतबार पर्वतको कुश्मामा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उतm तथ्यांङक सार्वजानिक भएको हो । अख्तियारमा मुद्धा बढि पर्नेमा स्थानीय तह बढि छन् । विशेषगरी आर्थिक अनियमितता भएका, उपभोक्ता समितिवाट गरिएका कामहरुमा अपारदर्शिता भएका, सेवा प्रवाहमा विभेद गरिएका लगायतका मुद्धा बढि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले गल्ति गर्नेलाई अख्तियारले कुनै हालतमा नछाड्ने बताउनुभएको छ ।आयुक्त सिलवालले भ्रष्टाचारमा संलग्न जो कोहि भएपनि कारवाहिको दायरमा आउने बताउनुभयो । राज्यका जिम्मेवार व्यक्ति र निकायमै भ्रष्टाचार मौलाउँदै गएको बताउँदै कानून सवैका लागि बराबर लागु हुन्छ भन्ने विषयमा हेक्का राख्न समेत आग्रह गर्नुभयो ।

विगतका दिनमा गल्तिनै नगर्ने व्यक्ति पनि अख्तियारमा परेको र दुख भोग्नु परेको गुनासाहरु छन् सिलवालले भन्नुभयो–‘तर अब जस्ले गल्ति गर्छ उसलाई मात्र हामीले कारबाहीको भागीदार बनाउछौ । उहाँले मातहत कर्मचारीले कुनै प्राविधिक विषयमा निणयार्थ छ भनेर हस्ताक्षर गरेपछि कार्यालय प्रमुखले गलत मनसाय नराखी प्रामणिकरण गरेको पुष्टि हुन्छ भने प्रमुखलाई अख्तियारले नसमात्ने बताउनु भयो ।

साथै उहाँले सम्पति सुद्धिकरणको मुद्दा लाई पहिलो प्राथमिकतामा राखेर छानविन गरिरहेको बताउनुभयो । सामान्य जागरि भएकाहरुले पनि छोटो समयमै अकुत धन आर्जन गरेका उजुरीहरु पर्न थालेको बताउँदै अख्तियारले सम्पत्ति सुद्धिकरण अभियानमा समेत तदारुकता देखाउने बताउनुभयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख कोषहरी निरौलाले पर्वतमा चालु आर्थिक वर्षमा भएका भ्रष्टाचारका मुद्धाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लाको विकास निर्माण र सरकारी कार्यालयहरुको कामकाज र पारदर्शिताका लागि गरिएका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो ।गण्डकी सञ्चारबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया