नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेडका २५औं वार्षिक साधारण सभा सम्पन्न


पर्वत/ नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा कुश्मावजारमा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको समूदघाटन गर्दै प्रमुख अतिथि नेष्डो समृद्ध समूहका अध्यक्ष विश्वप्रकाश प्रसाईले सहकारी ऐन, नियम र सिद्धान्त अनुरुप सहकारी संस्था सञ्चालन गर्नुपर्ने भन्दै यस क्षेत्रका विकृतीहरुलाई हामी सवै मिलेर हटाउनु पर्दछ भन्नु् भयो । सिमित सदस्यको रकमवाट गैर सदस्यलाई लगानी गरी असिमित नाफा वितरण गर्ने विकृतीलाई अन्त्य गरी सदस्यद्वारा सदस्यको लागि काम गर्ने वातवरण सृजना गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । नेष्डो वचत तथा ऋण सहकारी संस्था जिल्लाकै एक नमुना सहकारीको रुपमा विकास गर्नका लागि सवैको साथ र सहयोग जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका सहकारी शाखाका प्रमुख ऋषीराम पौडेलले नेष्डो वचत तथा ऋण सहकारी संस्थाले वहुउदेश्यीय क्षेत्रमा कार्य गरेको भन्दै सहकारीको ऐन, नियमलाई पालना गरी कार्य गर्ने कम सहकारी संस्थामा यस संस्थाको नाम आउने वताउनु भयो ।
कार्यक्रमका वोल्दै घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रिय सदस्य शिव शर्मा पौडेल, नेष्डो नेपालका अध्यक्ष रत्नप्रसाद अधिकारी, कर्जा उपसमितिका संयोजक योगराज गिरी, शिक्षा उपसमितिका संयोजक रामप्रसाद पौडेल, रोटरी क्लव अफ पर्वतका आगमी अध्यक्ष कृष्णप्रसाद शर्मा, इनरह्वील क्लव अफ पर्वतका सचिव मिना जोशी, रोट्याक्ट क्लव अफ पर्वतका निवर्तमान अध्यक्ष अनिता सोती लगायतले साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फवाट व्यवस्थापक कृष्णप्रसाद पौडेलले वार्षिक प्रगति तथा प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष प्रेमप्रसाद पौडेलले आर्थिक प्रतिवेदन तथा वार्षिक वजेट एवम् लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सावित्री खत्री क्षेत्रीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभा संस्थाका अध्यक्ष उत्तमप्रसाद अधिकारीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मीकुमारी मेधासीको स्वागत एवम् सचिव नारायण प्रसाईको सञ्चालनमा सम्पन्न भएको

साधारण सभामा उत्कृष्ठ वचतकर्ताको रुपमा शेयर सदस्य मिनाकुमारी शर्मालाई र उत्कृष्ट व्यवसायीको रुपमा शेयर सदस्य दिपेन्द्र हादुर नेपालीलाई नगद पुरस्कार सहित सम्मानपत्रले सम्मानित गरिएको छ । संस्थाले जिल्लाका सवै पालिकामा सेवा विस्तार गर्ने तथा यस वर्ष संस्थाको रजत महोत्सव विशेष कार्यक्रमको साथ मनाउने निर्णय समेत गरेको छ । आज भन्दा २५ वर्ष पहिले नेष्डो नेपालद्वारा गठित महिला स्वावम्लवन समूहका सदस्यहरुको वचतलाई संंकलन गरी सुरक्षित लगानी गरी समृद्धी तर्फ उन्मुख गराउने उद्देश्यले पर्वत जिल्लाभर कार्यक्षेत्र राखी सो सहकारी संस्था स्थापना भएको हो । नेष्डो नेपालले लघुवित्त सेवा शुभारम्भ गरे पश्चात सामान्य सञ्चालनमा रहेको सहकारीले विगत तीन वर्ष देखि जिल्ला सदरमुकाम कुश्मावजारमा मुख्य कार्यालय स्थापना गरी नयाँ व्यवस्थापनको साथ सञ्चालनमा ल्याएको हो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’