पर्वत समाज कतारको १८ औँ वार्षिकोत्सब सम्पन्न

 कतार/पर्वत समाज कतारले वार्षिकोत्सब भब्य रूपमा मनाएको छ । संस्थाले आफ्नो १८ औं वार्षिकोत्सब शुक्रबार एक कार्यक्रमका बिच मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष शेषराज तिमिल्सिनाले समाजले समाज सेवा संगै अब स्वदेशमा लगानीलाई प्राथमिकता दिन लागेको बताउनुभयो ।

तिमिल्सिनाले अन्तर्राष्ट्रिय पर्वत समाजले लगानीको लागि पर्वत जिल्ला भित्रका विभिन्न सम्भावना बारे अध्यन गरि रहेको भन्दै पर्वत समाज कतारले पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका उपाध्यक्ष प्रेम चलाउने, पर्वत समाज कतारका संरक्षक छबिलाल भट्टराई र अजय बिश्वकर्मा, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, कतार नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष बिष्णु बहादुर थापा, नेपाली जनप्रगतिशील मोर्चाका देवबहादुर भर, संघीय लिम्बुवान सामाजिक मञ्चका उपमहासचिव मौसम लिङ्देल लिम्बु, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखा अध्यक्ष शक्ति क्षत्री, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ, सुदुरपश्चिम प्रदेश समन्वय परिषद कतारका अध्यक्ष परमानन्द भट्ट, गोर्खा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री, कास्की आदर्श समाज कतारका उपाध्यक्ष अग्निधर देवकोटा लगाएतले शुभकामना मन्तव्य राख्दै पर्वत समाजले स्थापनाकाल देखि हाल सम्म गरेको समाजीक कामको प्रशंसा गर्नुभएको थियो ।

साथै सहभागीले वर्तमान कार्यसमितिले कोरोना कहरका बीच पनि थुप्रै राम्रा गरेको भन्दै आगामी दिनमा पनि पर्वत समाज कतार संग संस्थागत सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष सन्तोष क्षत्रीले स्वागत मन्तव्य सहित पर्वत जिल्लाको परिचय तथा वर्तमान कार्यसमितिले हालसम्म गरेका गतिविधि बारे जानकारी गराउनु भएको थियो ।संस्थाका अध्यक्ष श्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचीव सेवक विकले गर्नुभएको थियो ।

साथै कार्यक्रममा संस्थाका आजिवन सदस्यलाई प्रमाण–पत्र हस्तान्तरण गरिएको थियो भने कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।आर्दशसञ्चार अनलाईनबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया