ल्होसार पर्वले राष्ट्रिय एकता प्रवद्र्धन गर्छ : अध्यक्ष तिमिल्सिना

फाइल तस्बीर

काठमाडौं /राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बताएका छन् ।

तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६ औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताए ।

 

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ÷समुदाय विशेषअनुसार फरकफरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन् जुन हाम्रो पहिचान पनि भएको बताए । उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताए ।

शुभकामना

तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औं तमु ल्होसारको पावन अवसरमा गुरुङ समुदाय तथा सम्पूर्ण देश-विदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो।हाम्रो देशमा ठाउँ÷समुदाय विशेष अनुसार फरक-फरक भाषा, धर्म, संस्कृति, भेषभुषा रहेका छन् जुन हाम्रो पहिचान पनि हो।यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो।तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै जानुपर्छ।

ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गर्दै गुरुङ समुदाय र समस्त नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

१५ पुस, २०७८ ।

 

 

                                                      गणेशप्रसाद तिमिल्सिना

                                                                                                           अध्यक्ष

                                                      संघीय संसद, राष्ट्रिय सभा

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया