अंग्रेजी नयाँ वर्षमा यसरी सजियो कुश्माको बञ्जी साइड, दुई दिन सांगीतिक साँझ

पर्वत /अंग्रेजी नयाँ वर्ष आयो कि पर्वत सदरमुकाम कुश्मा बजारसहित बाग्लुङ र म्याग्दीका युवायुवतीहरू पोखराको लेकसाइड पुग्ने गरेका छन्। पर्यटकको रोजाइमा रहेकाले पर्यटकहरूको बाक्लो चहलपहल रहने लेकसाइडमा अंग्रेजी नयाँ वर्षको दिनमा विशेष रमाइलो हुन्छ। यही कारण झन्डै दुई घण्टाको दूरी पार गरेर पोखरासम्म पुग्नेहरू भेटिन्छन्।

तर‚ यस वर्ष भने पोखराको लेकसाइडको जस्तै रमाइलो पर्वत सदरमुकाम कुश्मा बजारमा बन्जी जम्प रहेको क्षेत्रमा पनि हुने भएको छ। रमाइलोको खोजीमा पोखरासम्म पुग्नेहरू यस वर्ष भने बन्जी जम्प क्षेत्रमै रमाउन पाउने छन्।

यसका लागि कुश्मा पर्यटन विकास संस्थाको आयोजना तथा रिडोम्स म्युजिक ग्रुपको व्यवस्थापनमा दुई दिनका लागि विशेष साँझको आयोजना गरिएको छ। पुस १५ र १६ गतेका लागि लाइभ कन्सर्टसहित लोक गीतसहितको सांगीतिक साँझ बन्जी जम्प रहेको क्षेत्रको सडकमा आयोजना हुँदैछ। जुन स्ट्रिट फेस्टिभलकै शैलीमा सञ्चालन र व्यवस्थापन हुन लागेको आयोजक कुश्मा पर्यटन विकास संस्थाका अध्यक्ष बमबहादुर पुनले बताए। उनका अनुसार तारा श्रीस, प्रकाश दूतराज, मार्मिक लामा, कृष्ण अखेलीसहित स्थानीय ब्यान्ड र अन्य कलाकारहरूले सांगीतिक कोसेलीहरू पस्किने छन्।

व्यवस्थापनको जिम्मा लिएको रिडोम्स ब्यान्डको प्रबन्ध निर्देशक सन्दीप बस्यालले कोरोना कहरका कारण कमजोर अवस्थामा पुगेको पर्यटन व्यवसायलाई लयमा फर्काउन तथा कुश्मा क्षेत्रलाई पर्यटकीय हबका रूपमा चिनाई सकेसम्म धेरै पर्यटकहरूलाई पर्वत भित्रिने वातावरण निर्माण गर्नका लागि पनि इभेन्टको आयोजनाको गरिएको बताए।

आयोजकका अनुसार निःशुल्क रूपमा जान पाइने उक्त सांगीतिक कार्यक्रममा पुस १५ र १६ दुवै दिन दिउँसो २ बजेबाट सुरु भई राति १० बजेसम्म चल्ने छ। उक्त अवधिमा बन्जी जम्प क्षेत्रमा रहेका होटलहरुले सडक पेटीमा नै खाना तयार पारेर पाहुनालाई खुवाउने छन्।थाहाखबरबाट

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’