चललित्र निर्देशक लामिछाने सम्मानीत

पर्वत । चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुराएको भन्दै चलचित्र निर्देशक गोपाल लामिछाने सहितका कलाकारलाई सम्मान गरिएको छ । अहुरी इन्टटेमण्ड प्रालिले आयोजना गरेको चलचित्र महोत्सवमको अवसरमा चलचित्र निर्देशक लामिछाने, चलचित्र लेखक अविनाश श्रेष्ठ र रंगमञ्चका पत्रकार जीवन कुमार पराजुलीलाई सम्मान गरिएको हो ।

चलचित्रको क्षेत्रमा धौलागिरी क्षेत्रमा जम्मेर विशिष्ट योगदान पुराएका ३ जनालाई प्रथम धौलागिरी चलचित्र महोसत्वको अवसरमा सम्मान गरिएको हो । महोत्सवको अवसरमा ३० वटा नेपाली चलचित्र प्रदर्शन भएका थिए । चलचित्र महोत्सवको अन्तिम दिन सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

विगत २ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय लामिछानेले नेपाली चलचित्र द मिरर, ओ माइ मनी, बोक्सी, किन लाग्छ माया, लम्फू जस्ता नेपाली चलचित्रहरुको सफल निर्देशन गरीसकेका छन् । हाल अमेरिकामा रहेका लामिछानेको सम्मान ग्रहण उनका दाजु हरीओम शर्मा लामिछानेले गरेका गरेका थिए । नेपाली चलचित्र क्षेत्रमा सफल निर्देशकको रुपमा स्थापीत लामिछाने पर्वत जिल्लामा जन्मेर नाट्य विधा मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

जिल्लामै जन्मेका श्रेष्ठले पनि दर्जन भन्दा बढि चलचित्रहरुको लेखन गरीसकेका छन् । उनले लेखन गरेका धेरै चलचित्रहरु नेपाली चलचित्र क्षेत्रमा स्थापीत चलचित्रको रुपमा परिचित छन् । अहुरी इन्टटेमण्ड प्रालिले चलचित्र क्षेत्रको उत्थान, विकास र सम्मानका लागि पर्वतको कूश्मा स्थित सिद्देश्वर चलचित्र हलमा पुष ७ गते देखि १० गतेसम्म चलचित्र महोत्सवको आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ