नेपाल खेलकुद महासंघको पैयू पालिका कमिटि गठन

पर्वत । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी पर्वतले पालिका कमिटी गठन गर्ने क्रममा बिजय बस्यालको नेतृत्वमा ३१ सदस्यीय पैयु गाउँपालिका कमिटी गठन गरिएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाल खेलकुद महासंघ, पर्वतका अध्यक्ष खडक बहादुर गुरुङले गरेका थिए । प्रमुख अतिथिमा नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष शिव प्रसाद पौडेल बिशिस्ट अतिथिमा नेकपा एमाले प्रदेश कमिटी सदस्य महेन्द्र श्रेष्ठ, नेकपा एमाले पैयु गाउँ कमिटी सचिब जिबलाल बस्याल, नेपाल खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य तथा पर्वत ईन्चार्ज एंब जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हर्कमान गुरुङ त्यसै गरी अतिथिमा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य बिक्रम श्रेष्ठ र ध्रुव श्रेष्ठ, नेकपा एमाले पैयु गाउँ कमिटी उप–सचिब बालकुमार क्षेत्री, नेपाल सार्वजनिक यातायात महासंघका केन्द्रीय सदस्य राजेन्द्र कुमार श्रेष्ठ, युवा संघ पैयुका अध्यक्ष लछुमन श्रेष्ठ, युवा संघ बिहादीका अध्यक्ष भोजराज भुसाल, खेलकुद बिकास समितिका सदस्य अबिनास बस्यालले आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत नेकपा एमाले पैयु गाउँ कमिटी उप–सचिब बालकुमार क्षेत्रीले गर्नु भएको थियो ।शुभकामना मनतब्य नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य बिक्रम श्रेष्ठ, नेपाल खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य तथा पर्वत ईन्चार्ज एंब जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हर्कमान गुरुङ, नेकपा एमाले पैयु गाउँ कमिटी सचिब जिबलाल बस्याल, नेकपा एमाले प्रदेश कमिटी सदस्य महेन्द्र श्रेष्ठ, प्रमुख अतिथिको मनतब्य नेपाल खेलकुद महासंघका उपाध्यक्ष शिव प्रसाद पौडेलले राख्नु भएको थियो । नेपाल खेलकुद महासंघ पर्वतको अध्यक्ष खडक बहादुर गुरुङ ( मदन) ले समापन गर्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल खेलकुद महासंघ पर्वतको सचिब बिनोद कुमार सुनारले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’