गायक कृष्ण अखेली र बर्षा श्रेष्ठको नयाँ कोसेली ‘कि बिर्सिन लाउर’ गीत सार्वजानिक(भिडीयो सहित)

पर्वत/तीन दशक पहिले पैदल हिँडेर मानिसहरु घ्यूसित नुन र मट्टीतेल साट्न बटौली बजार पुग्थे । युवायुवती, वृद्धवृद्धा सबै समूह बनाएर नुन लिन जाने गर्थे–लामो बाटोमा पैदलै यात्रा ।
बाटोमै रात पथ्र्यो । जंगलमै बास बस्नुपर्नेहुन्थ्यो । यात्रा सहज बनाउनगफ्फिँदै गर्दा कतिपयको मायाप्रेम बस्थ्यो पनि।यस्तै कथालाई समावेश गरिएको एउटा गीत विहीबार सार्वजानिक गरिएको छ ।
‘कि बिर्सिन लाउर’ नामक दोहोरी गीतमा पुरानो मौलिक परम्परा र संस्कृतिलाई झल्काउन खोजिएको छ । गीतमा रामे र चमेली पात्र बनेर विजय पुन र जुना गुरुङले जीवन्त अभिनय गरेका छन् । ‘भिर्नी झोलामा’ गीतबाट चर्चा कमाएका सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले उक्त गीत बजारमा ल्याएका हुन् । उनलाई गायिका वर्षा श्रेष्ठले आवाजमा साथ दिएकी छन् ।
शिव अखेलीको शब्द सिर्जनामा तयार भएको गीतलाई ईश्वर सिंहले भाका बनाएका हुन् । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । । गीतको भिडियोमा माया प्रेमलाई निकै कलात्मक र मौलिक रुपमा प्रस्तुत गरिएको छ ।
कृष्ण अखेलीको युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई नवीन घर्तिमगरले सम्पादन गरेका छन् । सार्वजानिक गीतप्रति निकै आशा गरिएको गायक अखेली बताउँछन् । ‘जसरी भिर्नी झोलालाई माया गर्नुभएको थियो । यो गीतलाई पनि त्यस्तै माया गर्नुहुनेछ भन्ने आश गरेको छु,’ उनले भने ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’