पर्वतका स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशी विकासको स्तर अध्ययन सुरु

पर्वत, ९ पुस (रासस) /यहाँका स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशी विकासको स्तर अध्ययन थालिएको छ । तीनै तहका सरकारबाट लक्षित वर्गको हित तथा सशक्तीकरणका लागि तर्जुमा भई लागू भएका कानुनको कार्यान्वयन गरी लैङ्गिक तथा सामाजिक समावेशी विकासको अवस्थाको अध्ययन थालिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चालित प्रशिक्षण प्रष्तिठानले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका स्थानीय तहमा विज्ञमार्फत मापनको काम अघि बढाएको छ । सम्बन्धित तहका स्थानीय जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीको सहभागितामा अनुशिक्षण कार्यक्रम आयोजना गरेर बञ्चितिमा परेका लक्षित वर्गको हक, हित र विकासका लागि पालिकाबाट भएका गतिविधिको विवरण सङ्कलन गरेको छ ।

विगत चार वर्षमा पालिकाबाट सम्पादन भएका कामलाई विभिन्न पाँच क्षेत्रमा २२ उपशीर्षकसहित १०० सूचकका आधारमा अङ्क मापन गर्ने गरिन्छ । यसरी अङ्क मापन गर्दा जुन–जुन सूचक कमजोर देखिन्छन् ती सूचकलाई आधार बनाएर कार्यक्रम र बजेटसहित कार्ययोजना तर्जुमा गरी लागू गरिन्छ । कार्ययोजना निर्माण गर्नुअघि सहभागीलाई पाँच भागमा विभाजन गरी बलियो पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीका बारेमा सुझावका आधारमा कार्ययोजना बनाउने भएको छ । पर्वतमा पहिलोपटक सबै स्थानीय तहमा लक्षित वर्गमुखी बजेट तथा कार्यक्रमको लेखाजोखा गर्न लागिएको हो ।

हालसम्म कुश्मा नगरपालिका र महाशिला गाउँपालिकाको लैङ्गिक तथा सामाजिक समावेशी बजेट तथा कार्यक्रमको लेखाजोखा गर्दा दुवै स्थानीय तहले १०० पूर्णाङ्कमा ६०÷६० अङ्क प्राप्त गर्न सफल भएका छन् । गत मङ्सिर २७, २८ र २९ गते महाशिलामा सञ्चालन भएको थियो भने यही पुस ५, ६ र ७ गते कुश्मामा सम्पन्न भएको छ ।

लक्षित वर्गका लागि यो प्राप्ताङ्क सन्तोषजनक नभए पनि जनप्रतिनिधि तथा कर्मचारीको संयुक्त प्रयासले सुरु गरिएका केही अभ्यास भने प्रसंशायोग्य रहेको तथ्य यो कार्यक्रमका सहजकर्ता एवं ‘जेण्डर मास्टर’ लीलाधर सुवेदीले बनाउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया