कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)

कास्की /नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका शर्मा ८४ मतान्तरले विजयी भएका हुन । गण्डकी प्रदेशमा संस्थापन पक्षले एक उपसभापति मात्र हात पार्दा सभापतिसहित अन्य पदाधिकारीमा पौडेलले पक्षले विजय हासिल गरेको छ ।

सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् । संस्थापन पक्षले एकल उमेदवारका रुपमा केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई उभ्याएर चुनाव प्रचार थालिसक्दा पनि पौडेल पक्षले उम्मेदवारको टुंगो लगाउन सकेको थिएन ।

आकांक्षी धेरै भएकाले अलमलमा परेको पौडेल पक्षले अन्तिम समयमा आएर निकै रस्साकस्सीका बीच शर्मालाई अगाडि सारेको थियो । प्रदेश सभापतिमा विजयी शर्माले १७ वर्षसम्म कास्की काँग्रेसको नेतृत्व गरेका थिए । २०४८ देखि ०५४ सालसम्म कास्की सभापति भएका शर्माले कास्कीबाट ३ पटक सांसदको टिकट पाए पनि तीनै पटक पराजित भएका थिए । पौडेल समूहका भए पनि कास्कीमा आफ्नै गुट चलाएको आरोप खेप्दै आएका शर्मा २०४८ र २०५१ सालमा कास्की क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । त्यसैगरी २०७४ सालको निर्वाचनमा पनि उनी वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्मासँग पराजित भए ।संसदीय निर्वाचनमा पटकपटक पराजित शर्माले पार्टीको प्रदेश नेतृत्वका लागि भने मौका पाएका छन् ।

प्रदेशका जिल्लामा पौडेलको साख गिर्दो

गण्डकी प्रदेश काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश पनि हो । लामो समयदेखि केन्द्रीय राजनीतिमा प्रभाव जमाएका नेताको प्रदेश भएका हिसाबले पनि गण्डकीलाई पौडेल पक्षको वर्चश्व भएको प्रदेश मानिन्छ । तर, पछिल्लो समय प्रदेशमा पौडेलको प्रभाव क्रमशः घट्दै गएको छ । यस अघि उनको राम्रो प्रभाब रहेका अधिकांश जिल्लामा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।

पौडेल आफ्नै गृह जिल्ला तनहुँमा समेत कमजोर देखिएका छन् । उनको प्रभाव क्षेत्रका रुपमा रहेको तनहुँमा संस्थापन समूहका जितप्रकाश आले विजयी भए । पौडेलले समर्थन गरेका बैकुन्ठ न्यौपानेलाई पराजित गर्दै आले जिल्ला सभापति बन्न सफल भए ।

कांग्रेसको १३ औं महाधिबेशनमा जिल्ला सभापतिमा निर्वाचित भएका न्यौपाने स्थानीय निकायको निर्वाचनमा ब्यास नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पौडेलकै सल्लाहमा कार्यवाहक सभापति बनाइएका आले १४ औं महाधिवेशनको संघारमा संस्थापन समूहतर्फ लागेर जिल्ला सभापति बनेका छन् ।

यसअघि पौडेल पक्षको प्रभाव रहेका कास्की, लमजुङ, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लामा समेत संस्थापन पक्ष विजयी भएको छ । लामो समयदेखि आफ्नो दवदवा रहेका जिल्लामा संस्थापन पक्षको प्रभाब बढेसँगै सशंकित बनेको पौडेल पक्षले पाँचजना आकांक्षीबीच भागबन्डामा सहमति गराएर शर्मालाई उम्मेदवार बनाएको थियो ।

प्रदेश समितिमा पौडेल पक्ष हाबी

गण्डकी प्रदेश समितिमा पौडेल पक्षले एक उपसभापति बाहेक सबै पदमा जित हासिल गरेको छ । संस्थापन पक्षका तर्फबाट गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रीसमेत रहेका मेखलाल श्रेष्ठ उपसभापतिमा विजयी भएका छन् । मेखलालले ५५६ मत पाए । उनका प्रतिद्वन्द्वी बागलुङका हरिप्रसाद श्रेष्ठले ५४८ मतमा चित्त बुझाए ।

अर्को उपसभापतिमा स्याङजाकी कल्पना तिवारीले ६२४ मत ल्याएर विजयी भइन् । उनी पौडेल पक्षकी हुन् । प्रदेशका प्रभावशाली नेता कुमार खड्का महामन्त्रीमा पराजित भएका छन् । गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका खड्कालाई पौडेल पक्षका विष्णुप्रसाद लामिछानेले पराजित गरेका हुन् ।

खड्का संस्थापन पक्षको प्यानलबाट महामन्त्रीका प्रत्यासी थिए । उनले ५५६ मत पाएका थिए । महामन्त्रीमा विजयी विष्णुप्रसाद लामिछानेले ५६७ मत प्राप्त गरे । २ महासचिवमध्ये किरणबाबु श्रेष्ठले ५७३ मतका साथ विजयी भए ।

सहमहामन्त्रीमा महिलातर्फ कास्कीकी कोपिला रानाभाट ५५२ मतसहित विजयी भइन् भने बाँकी दुई सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे र पर्वतका रामचन्द्र जोशी विजयी भए । पाण्डेले ६१८ र जोशीले ५६९ मत प्राप्त गरे ।

कांग्रेस गण्डकीको सम्पूर्ण कार्यसमिति सदस्य (नामावली सहित)

टिम कांग्रेस गण्डकी
पदाधिकारीको टिम
सभापति
शुक्रराज शर्मा
उपसभापति
कल्पना तिवारी
मेखलाल श्रेष्ठ
महामन्त्री
किरणबाबु श्रेष्ठ
विष्णुप्रसाद लामिछाने
महिला सहमहामन्त्री
कोपिला रानाभाट
खुला सहमहामन्त्री
रामचन्द्र जोशी
रमेशकुमार पाण्डे

सदस्य प्रत्यक्ष जिल्लाबाट महिला
मिनाकुमारी केसी(पर्वत)

अप्सरा श्रेष्ठ (कास्की)
विमला गौचन (म्याग्दी)
कविता तिवारी गैह्रे (स्याङ्जा)
कल्पना पाठक हमाल (बागलुङ)
छुपीमाया गुरुङ (लमजुङ)
शोभा अधिकारी (गोरखा)
सीता कुँवर (नवलपुर)

प्रत्यक्ष जिल्लाबाट खुला सदस्य
रमेश पौडेल (पर्वत)
डम्बरजंग गुरुङ (कास्की)
अजित क्षेत्री (स्याङ्जा)
इन्द्रराज पौडेल (बाग्लुङ)
हरिप्रसाद बराल (लमजुङ)
पूर्णबहादुर दाहाल (गोरखा)
अशोक बस्ताकोटी (नवलपुर)
अनोद श्रेष्ठ (म्याग्दी)

सदस्य आदिवासी जनजाति खुला सदस्य
आशिक गुरुङ
कुमबहादुर गुरुङ
पूर्णबहादुर राना
वसन्तकुमार श्रेष्ठ
सुरज गुरुङ
सदस्य मधेसी
वीरेन्द्रप्रसाद मण्डल

सदस्य दलित महिला
चन्द्रमाया परियार
विष्णुमाया परियार

सदस्य दलित खुला
जितबहादुर नेपाली
प्रेमबहादुर विश्वकर्मा (प्रकाश)

सदस्य थारु
ईन्द्रबहादुर महतो

सदस्य मुस्लिम
शाह मोहमद मियाँ
सदस्य अपांग÷अल्पसंख्यक
अर्जुन शेरचन
सदस्य खस आर्य महिला
जानुका पन्त
देवी कार्की
पार्वती आचार्य
विष्णुमाया धिताल
सदस्य ः खस आर्य खुला
चोलेन्द्र पौडेल
वीरबहादुर ढकाल (वीरबल)
श्यामप्रसाद शर्मा
शान्तिरमण वाग्ले

सदस्य आदिवासी जनजाति महिला
उर्मिला गुरुङ
विनाकुमारी श्रेष्ठ
सरिता गुरुङ
सीता गुरुङ
हितदेवी घर्तीमगर

सदस्यः प्रत्यक्ष प्रदेशभित्रको प्रदेश सभा निक्षेबाट महिला
ओमकुमारी महतो
पवित्रा गौली
विमलाकुमारी थापा (बस्नेत)
सीताकुमारी काफ्ले लामिछाने

सदस्यः प्रत्यक्ष प्रदेशभित्रका प्रदेश सभा निक्षेको १÷३ खुला
कर्णबहादुर गुरुङ
घनश्याम कँडेल
जीवनप्रसाद बास्तोला
दीपेश गौतम
प्रकाशचन्द्र दवाडी
रामचन्द्र पौडेल
रामजीप्रसाद भण्डारी
हरिदत्त पौडेल

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया