काँग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना

कास्की /नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १ हजार १४६ मत खसेको छ । गण्डकी प्रदेशमा कूल १ हजार १६५ जना मतदातामध्ये १ हजार १४६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान गर्ने अधिकार भएका १९ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् ।

प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्यानलसहितको चुनावी प्रतिस्पर्धामा छन् । संस्थापन पक्षबाट सभापतिमा पर्वतका अर्जुन प्रसाद जोशी र संस्थापन इतर पक्षबाट कास्कीका शुक्रराज शर्माले उम्मेदवारी दिएका थिए ।

सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् । संस्थापन पक्षका सभापतिमा अर्जुन जोशीको प्यानलबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी बनेका छन् । सह महामन्त्रीमा राजन राज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।संस्थापन इतरबाट उपसभापतिमा बागलुङका हरिप्रसाद श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।

मतगणना आज साँझबाट ८ बजेबाट पोखरा उद्योग वाणिज्य संघमा गरिने नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले जानकारी दिए । तीन वटा ग्रुप बनाएर मतगणना गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’