नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

फाइलफोटो

काठमाडौँ / नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ ।

राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’