गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

कास्की /गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रदेशका पदाधिकारीमा उम्मेदवारी दिनेले चर्को शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले उमेदवारको चर्को शुल्क तोकेर उम्मेदवार बन्न चाहनेलाई रोकेको भन्दै नेता कार्यकर्ताले आलोचना समेत गरेका छन् ।

प्रदेशमा सभापति पदमा उम्मेदवारी दिन चाहने ९१ हजार शुल्क बुझाउनुपर्नेछ । काँग्रेसको केन्द्रले सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकेको भएपनि गण्डकीमा भने तेब्बर शुल्क निर्धारण गरिएको छ ।

निर्वाचन कमिटीले उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँस गरेको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख गरेको छ । उपसभापतिका उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारका लागि ३१ हजार शुल्क उल्लेख गरिएको छ ।

यसअघि पर्वतमा पनि कांग्रेसका जिल्ला सभापति र पदाधिकारीले ५१ हजार शुल्क तोकेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया