भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाण्डौ/भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुष्टि भएको हो ।
कर्नाटकाका दुईजना पुरुषमा संक्रमण भेटिएको सरकारले जनाएको छ । ६६ र ४६ वर्ष उमेरका दुई पुरुषमा संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नीति आयोगका सदस्य वीके पौलले नयाँ भेरिएन्टबारे नडराइकन सतर्क बन्नु जरुरी रहेको बताए । खोप अभियानलाई थप तीव्रता दिनु जरुरी भएको उनले बताए । भारतमा भेटिएका दुईजना संक्रमितको थप कन्ट्याक्ट ट्रेसिङ भैरहको जनाउँदै उनले गम्भिरभएर परिस्थितीलाई नियालिरहेको समेत बताए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया