उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक, यी हुन् ‘बागी उम्मेदवार’(सूचीसहित)

सौराहा / नेकपा एमालेको जारी दशौँ महाधिवेशनअन्तर्गत पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार दिउँसो साढे १ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने तय भएको थियो।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो । निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको छ ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबीरविरोधलगायतका प्रक्रिया सुरू हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरू गर्ने निर्वाचन समितिले जनाएको छ । नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन ३ बजेपछि तोकिएको छ ।

यसैविच, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुका लागि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ ।

गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको छ । त्यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले पनि उम्मेदवारी दिएका छन् ।

ओलीले प्रस्ताव गरेको सूचीमा अइन्द्रविसुन्दर नेम्वाङ, कमलजंग राई, केशव स्थपित, खगेन्द्र राई, गोकुल घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिंह सम्बाहम्फे, अजय क्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापा मगर, विद्यासुन्दर शाक्य, सीपी घर्ती मगर, हरिबहादुर राजवंशी र हरिबहादुर राईको नाम छ ।

सम्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव भएको थियो भने जानुका रोकाले बागी उम्मेदवारी दिएकी छन् ।
मधेशीतर्फ १३ जनामध्ये हलमा नाम प्रस्ताव गरिएकाबाहेक बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिएका छन् भने दलितमा ८ जना प्रस्ताव भएकोमा नरबहादुर विक र अनुभूति वम नेपालीले बागी दिएका छन् । थारुमा पनि जयप्रकाश थारुले बागी उम्मेदवारी दिएका छन् भने मुस्लिममा नजिर मियाले दिएका छन् ।

पिछडिएको क्षेत्रबाट भरत राउद र लालवहादुर रावलले बागी उम्मेदवारी दिएका छन् ।

खुला पुरुषतर्फ ८४ जना हलमा प्रस्तावितबाहेक सुरेन्द्र मानन्धर,नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

खुल्ला महिलामा ५३ जना हलमा प्रस्तावितबाहेक अर्चना गहतराज, उषाकिरण तिम्सेना, भगवती न्यौपानेले उम्मेदवारी मनोनयन गरेका छन् ।

प्रदेशतर्फका बागी

प्रदेश १ बाट खुलामा ६ जना निर्वाचित हुनेमा आइतवार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकाबाहेक धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति)ले उम्मेदवारी मनोयन गरेका छन् ।

प्रदेश १ बाट हलमा प्रस्ताव भएका नाम किशोरकुमार अधिकारी, टंक आङ्बुहाङ, तिलकुमाार मेन्याङ्बो, राजेन्द्रकुमार राई, वसन्तकुमार नेम्वाङ र भाष्कर काफ्ले हुन् ।

त्यस्तै प्रदेश १ को खुल्लामा ६ जनाको मात्र उम्मेदवारी परेको छ भने वागमतीबाट हलमा प्रस्तावित बाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ ।

अध्यक्ष ओलीले हलमा कृष्ण राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना मगर, सरेश नेपालको नाम प्रस्ताव गरेका थिए ।

गण्डकी प्रदेशबाट हलमा प्रस्तावित नामबाहेक अरुले उम्मेदवारी दिएनन् भने सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिमबाट हलमा प्रस्ताव गरिएका नाममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनी राना ,भैरवबहादुर सिंह र लीलाधर भट्ट छन् ।

कर्णालीबाट पनि हलमा प्रस्तावितबाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले प्रस्ताव गरेका नाम भने गुलावजंग शाह, धर्मराज रेग्मी, डम्बरबहादुर सिंह, नेशनल शाही, निरज आचार्य र विष्णु रिजाल हुन् ।

त्यस्तै महिलामा पनि हलमा प्रस्तावित कमला वली, कमला बोहरा र सन्तोष शर्मा थापाबाहेक कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया