प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

न्यूनचापीय प्रणालीको असरका कारण शनिबार बिहान देशका विभिन्न स्थानमा तुवाँलो लागेको छ। काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा लागेको तुवाँलो दिउँसोसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसदविद निराजन सापकाटाले जानकारी दिए।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, यिनै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् सापकोटाले जानकारी दिए।

शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। जुम्लाको तापक्रम माइनस तीन डिग्रीसेल्सियस मापन भएको छ।

तुवाँलोले उडान अवरुद्ध

तुवाँलोका कारण आज बिहानैदेखि आन्तरिक उडान अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। बिमानस्थलका अनुसार बिहान चितवनको भरतपुर र सुर्खेतको वीरेन्द्रनगरका लागि तय भएको उडान रोकिएको छ।

भरतपुर र सुर्खेतमा बाक्लो तुवाँलो लागेको कारण उडान रोकिएको हो। यी दुवै स्थानमा मौसम खुलेपछि उडान भर्ने विमानस्थल कार्यालयले जनाएको छ।

पोखराको उडान तीन दिनपछि हुने भएको छ। बिहीबार र शुक्रबार पोखराको मौसम धुम्मिएको कारण उडान हुन सकेको थिएन। यीबाहेक आज अन्य स्थानको आन्तरिक उडान अवतरण सामान्य अवस्थामा जस्तै भइरहेका छन्। केही दिनअघि भित्रिएको पश्चिमी वायुसँगै प्रदूषण पनि भित्रिएकाले आकाश धुम्म हुँदा उडान तथा अवतरण प्रभावित हुँदै आएको छ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’