सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

काठमाडौं / एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको छ। केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको हो। यससँगै १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको बाटो तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ। यसअघि २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको थियो। विधान महाधिवेशनबाट हटाइएको पोलिटब्युरोसमेत राखिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ।

शुक्रबार बसेको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको छ। १५ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाइएको हो। उपाध्यक्ष र उपमहासचिव थप गरिएको छ। अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन्। पहिला वरिष्ठसहित पाँच उपाध्यक्षको व्यवस्था थियो। उपमहासचिव दुई जना थपिएको छ।

पहिला एक मात्रै उपमहासचिवको व्यवस्था थियो। स्थायी कमिटी भने यथावत् राखिएको छ। विधान महाधिवेशनबाट ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको थियो। अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने निर्णय भएको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत ढंगबाट पारित गरेको हो।

अध्यक्ष-१
वरिष्ठ उपाध्यक्ष-१
उपाध्यक्ष-६
महासचिव-१
उपमहासचिव-३
सचिव-७
केन्द्रीय कमिटी-३०१
पोलिटब्युरो-९९
पदाधिकारी-१९

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया