पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

पर्वत/पर्वतमा नेपाली काँग्रेसको मतगणना केहिबेर अघि सम्पन्न भएको छ । निर्वाचनबाट युवराज जोशी ५१ दशमलब ५ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मंगलबार देखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान प्रक्रिया सकिएर मतगणना शुरु भएपनि विहिबार राति मात्रै मतगणना सम्पन्न भएको नतिजा सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी १ हजार १ सय ८६ मत मध्ये जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गर्नु भएको छ भने निकटम प्रतिद्वन्दी यामबहादुर मल्ल रामकृष्णले ४ सय ४९ मत प्राप्त गरी पराजित हुनुभएको छ । त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी मिलन पौडेलले ९६ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेपनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो ।
निर्वाचित कार्य समितिमा जोशी समुहकै प्यानलबाट सहभागी उम्मेदवारहरु विजयी भएका छन् । जस अनुसार उपसभापतिमा डाक्टर चुडामणी शर्मा, र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् । सचिवका प्रत्यासी मोहन आचार्य अन्तिम सम्म बलियो प्रतिस्पध्र्रीका रुपमा देखिएपनि अन्तिम परिणाममा उनी पराजित भएका हुन् ।
त्यस्तै सहसचिवमा अच्युत तिवारीले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले ६ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का विजेता उम्मेदवार तिलक भूसालले ५ सय १९ मत ल्याएर विजयी भएका छन् । सह सचिवमा विजयी तिवारी भने मल्ल प्यानलबाट विजयी भएका हुन् ।
कार्यसमितिको परिणाम घोषणा लगत्तै निकटम प्रतिद्वन्दी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गर्नुभएको थियो । निर्वाचित सभापति जोशीले आगमी दिनमा नेपाली कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूणर् भूमिका हुने बताउनुभएको थियो ।

महाधिबेशन प्रतिनिधीमा बिजयी हुनेको नामावली

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

बिश्वकै दोस्रो अग्लो बन्जीसँगै बिश्वकै सबैभन्दा अग्लो स्काई साइक्लिङ शुरू

गण्डकीमा यसरी बढ्दै छ सङ्क्रमण : प्रदेश सरकार पर्ख र हेरमै !

सोमबारदेखि पुनः हिमपातको सम्भावना

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया