“निकास एमाले हो”

-स्वस्थानी रिजाल
रातो सुर्य उदाउँदो छ नभमा
जानू कहाँ? कुन् नीर।
जनताको मनछैन रत्ती अरुमा
लागौं एमाले तिर।।
राम्राछन् यसका नीति गुणहरु
पार्टी बलियो छ यो।
बिदेशी चलखेल छैन यसमा
नेपालकै पृय हो।।
नेपाली जनको अद्वितीय कला
एमालेकै साथ छ।
उन्नत देश बनाउने जग पनि
एमालेकै हात छ।।
बृद्धा औ बनिता अशक्त जति छन
एमालेले तोप्दछ।
कुदृष्टि अरु देशले जब गर्‍यो
एमालेले रोक्दछ।।
जनताकै भरगर्दछ अघिसरी
विकास एमाले हो।
देशको संकट टार्न पर्छ जहिले
निकास एमाले हो।।
सुर्य अङ्कित पार्टिको चहकिलो
झन्डा बोकि हातमा।
एमाले म पनी,सहि पनि यहि
जाउँ सबै साथमा।।
जाउँ है सब साथी हो दश गते
नारायण-घाटमा ।
खम्बा झैँ बलिया अटल् गहकिला
“ओलीजी” का साथमा।।
कुस्मा नगरपालिका -१  पाङ
पर्वत

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ