कोरोनाबारे डब्ल्यूएचओले भन्यो- ‘मार्चसम्म थप लाखौंको मृत्यु हुनसक्ने’

काठमाडौं/विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणबारे एक गम्भीर चेतावनी जारी गरेको छ ।​ यूएनको संगठनले यूरोप र एशियाका केही हिस्सामा अर्को मार्चसम्म सात लाख व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु हुनसक्ने बताएको छ ।

कोरोना महामारीको सुरुवातदेखि अहिलेसम्म ५३ देशमा मृत्यु हुनेको संख्या पहिला नै १५ लाखभन्दा बढी छ । यो ती ५३ देश हुन् जसलाई स्वास्थ्य संगठनले आफ्नो युरोप क्षेत्र बताउने गर्छ ।​ डब्ल्यूएचओलेले कोरोनाको आगामी स्थितिको विषयमा चेतावनी जारी गर्दै अर्को मार्चसम्म ४९ देशमा आइसीयू संकट पैदा हुनसक्छ ।

युरोपमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । युरोपका थुप्रै देशले आफ्नो देशमा कोरोना नियमलाई कडा बनाउँदै नयाँ प्रतिबन्ध लागू गरेको छ । अष्ट्रियामा त पूर्ण लकडाउनको घोषणा गरिसकिएको छ जबकी थुप्रै देशले लकडाउन लागू गर्नेबारे विचार गरिरहेका छन् ।

फ्रान्स, जर्मनी र इजिप्टसमेत थुप्रै देशले चाँडै नै बुस्टर भ्याक्सिन उपलब्ध गराउने बारे विचार गरिरहेको छ ।

यद्यपि, थुप्रै देशमा कोरोना प्रतिबन्ध लागू गरेका कारण विरोध प्रदर्शन पनि भइरहेको छ । नेदरल्याण्डमा लकडाउनको विरोधमा त हिंस्रक झडप भएकोसमेत खबर छ ।

मंगलबार डब्ल्यूएचओले हालको स्थितिको आधारमा अर्को वर्ष कूल मार्चसम्म कूल मृतकको संख्या २.२ मिलियनसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।

आफ्नो बयानमा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणका कारण हुने मृत्युमा लगभग दोब्बर वृद्धि भएको बताएको छ । हरेक दिन औसतमा लगभग ४२०० मृत्यु भइरहेको छ ।

रुसमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सयभन्दा बढी थियो ।

डब्ल्यूएचओले बढ्दो संक्रमित र मृत्युको पछाडिको सबैभन्दा ठूलो कारण अहिलेसम्म पनि एक ठूलो जनसंख्याले भ्याक्सिनको पूर्ण डोज नलगाउनु भएको बताएको छ । यस्तै डेल्टा भेरियन्ट युरोप क्षेत्रमा तीब्र रुपमा फैलिएका कारण पनि संक्रमित र मृत्युदरमा वृद्धि भइरहेको छ ।

डब्ल्यूएचओ युरोपका निर्देशक डा. हेन्ज क्लूजले मानिसहरुलाई भ्याक्स्नि लगाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’