एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २,२७९ पुग्यो, ११ सदस्यीय अध्यक्ष मण्डल, भीम रावललाई पनि राखियो

काठमाडौं, ८ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान शुरु हुने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १,९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले पदेन प्रतिनिधि २३८, निर्वाचित प्रतिनिधि १८७९ निर्वाचित भैसकेको भन्दै महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६८ जना रहेको बताए ।

महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन् । एमालेका अनुसार अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन् । त्यसमा मनोनित र चयन हुन बाँकी ६८ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने छन् ।

एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल, भीम रावललाई पनि राखियो

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।

महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो