२०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो-अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने

काठमाडौं /दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रतिकेजी १०० देखि १२० रुपियाँसम्म पुगेको छ । गोलभेँडा मात्रै होइन, अन्य ताजा तरकारीको भाउ सयभन्दा माथि छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार स्थानीय काउली प्रतिकेजी ८० देखि ११० रुपियाँ, गोलभेँडा, प्रतिकेजी ९० देखि १२० रुपियाँ, गाँजर प्रतिकेजी १२० रुपियाँ, सेतो मूला ५० रुपियाँ, बोडी तने १२० रुपियाँ, घिउ सिमी १४० रुपियाँ, मटरकोसा २०० रुपियाँ रहेको छ ।

यस्तै सुकेको प्याज प्रतिकेजी ५५ रुपियाँ थोकमा कारोबार भइरहेको छ भने रातो आलु प्रतिकेजी ७० रुपियाँ थोकमा किनबेच भइरहेको छ । थोकमा यो अवस्थामा रहेको तरकारीको भाउ खुद्रामा झनै छोइसाध्यै छैन । चार जनाको परिवारलाई २०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको ३०० रुपियाँ परेको अनुभव कीर्तिपुरका उपभोक्ता विमला अधिकारीको छ । पहिले दुई/तीन थरी तरकारी र अचार हुने अधिकारीको भान्सामा अचेल एक थरी मात्रै तरकारी मुस्किलले पाक्न थालेको छ ।

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । यसैगरी मिडियन औसत मूल्यवृद्धि भने ९ प्रतिशत पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

आगामी ३ महीनामा नेपालको मिन (औसत) मूल्यवृद्धि भने ९ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा छ । सोही अवधिमा मिडियन मूल्यवृद्धि भने ८ प्रतिशत पुग्ने अपेक्षा गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले अवको ३ महिनामा अर्थात् चालू आवको दोस्रो त्रैमासमा मूल्यवृद्धि त्यस बराबर पुग्ने देखाएको हो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कायकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सर्वेक्षणमा जनताले मूल्यवृद्धिको अपेक्षा गरेको बताए । बजारका ग्राहकहरूले दिएको जवाफको आधारमा यस्तो मूल्यवृद्धिको अपेक्षा गरेको देखिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो