पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई गण्डकी प्रदेश सरकारको अनुरोध

फाइल फोटो

पोखरा/गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए ।

उनले पोखरा देशको पर्यटकीय राजधानी बनाउने आधार सहित आवश्यक सूचक बनाउन मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको बताए । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गरेको थियो । तर, प्रदेशले गरेको आग्रहलाई संघ सरकारले बेवास्ता गर्दै आएको थियो ।
सरकारका प्रवक्ता खड्काले यसअघिको सरकारले नै सोही माग गरेको बारे आफू अनभिज्ञ रहेको बताउदै संघ सरकारले यस अनुरोधलाई सहज रुपमा स्वीकार्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी प्रदेशलाई डिजिटल प्रदेश बनाउन डाटा सेन्टर स्थापन गर्ने अवधारणा पत्र पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। प्रदेशलाई पेपरलेस डिजिटलाइज गर्ने निर्णय समेत मन्त्रीपरिषदको बैठकबाट भएको उनले बताए ।
‘यसै आर्थिक वर्षमा प्रदेशका धेरै सरकारी कार्यालय डिजिटलाइज गर्ने कार्य अगाडी बढाउने योजना अनुसार सरकार अगाडी बढेको छ,’ उनले भने, ‘यस अन्तरगत डाटासेन्टरको स्थापना, विपन्न वर्गका लागि निशुल्क कम्युटर शिक्षा लगायतका कार्य पर्दछन्।’

यसैगरी त्रिवेणी गजेन्द्रमोक्ष धामलाई विकास समिति बनाएर व्यवस्थापन गर्नेबारे पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको मन्त्री खड्काले बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई न्युनतम ५० हजार रुपैयाँ र अधिकतम एक लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको पनि उनले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’