मुस्ताङ हिम पहिरो अपडेट : घाइतेको संख्या ११ पुग्यो

पर्वत /हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिमपहिरोबाट घाइते हुनेको संख्या ११ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार आइतबार बिहान करिब ११ बजे धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिमपहिरो थासाङ गाउँपालिका—२ कोवाङसम्म आइपुगेको हो।

प्रहरी निरीक्षक अधिकारीका अनुसार हिमपहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागाभाग हुँदा ​कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन्।

‘म अहिले स्पटमा नै छु, अहिलेका लागि त पहिरो रोकिएको छ तर आधाजस्तो भाग अड्किएका कारण फेरि पनि आउन सक्ने जोखिम छ। तर पहिरोको रुटमा बस्ती वा विद्यालय नभएकाले डर मानिहाल्नुपर्ने अवस्था भने छैन,’ उनले भने, ‘बरु भाग्ने क्रममा विद्यालयमा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको छ।’

प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो।

झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोले भेटेका जति सबै रुखबिरुवा समेत सखाप भएका छन्

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो