कविता-कोमल सुर्य उदाउँदा
-स्वस्थानी रिजाल
प्रकृतिले बिस्तारै कोमल छटा फिजाउँदा
मेरि मातृभूमिले दन्त लहर खुलाउँदा
सुर्यको किरणसँगै चिर्बिर चरी कराउँदा
घाँस दाउराका भारीसँगै दौँतरीहरु रमाउँदा
मलाई असाध्य आनन्द आउँछ
जब बिहानिको कोमल सुर्य उदाउँछ।
दुधे नानीलाई आमाले काखमा च्याप्प समाउँदा
सुनसान रातमा पुर्णिमाको चन्द्रले उज्यालो फिजाउँदा
दौँतरीले सोरठी र असारे भाकामा गीत गाउँदा
झरनाले पहाडका तरेलीसँग मीत लाऊँदा
मलाई असाध्य आनन्द आउँछ
जब बिहानिको कोमल सुर्य उदाउँछ।
वालकहरु एकआपसमा चल्दैखेल्दै रमााउँदा
भोकायर आमाको सारिको फुर्को समाउँदा
कर्णपृय स्वरसंगै कोइलीले गीत गाउँदा
जुनकीरीको बत्तिसङै पुतलीले प्रीत लगाउँदा
माहुरिका वथानहरु फुलको रसमा रमाउँदा
छोरी भनी बुहारीलाई आमाले हात समाउँदा
मलाई असाध्य आनन्द आउँछ
जब बिहानिको कोमल सुर्य उदाउँछ।
-कुस्मा १ पाङ , पर्वत