पर्यटकको पर्खाइमा पर्वतको भूकगाउँ

पर्वतको मोदी गाउँपालिका–१ भुकदेउराली गाउँ

पर्वत / कोरोना कहरको दुई वर्ष लामो संकटपछि पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल धिमा गतिमा भए पनि अगाडि बढिरहेको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेको पर्वतको मोदी गाउँपालिका–१ भूकदेउरालीमा रहेको भुकगाउँ पनि पर्यटकहरूको प्रतीक्षामा छ। झन्डै एक दशकअघि नेपालमा सुरु भएको ‘इकोभिलेज’को अवधारणाले बिस्तारै गति लिइरहेको बेलामा भुक पनि ‘इकोभिलेज’ को रूपमा विकास हुँदै जिल्लाकै नमुना ‘इकोभिलेज’ मा परिणत हुँदैछ।

गाउँका प्रत्येक गल्लीमा सडक बत्ती, ढल निकाससँगै गाउँमा हिँड्नका लागि कलात्मक ढुंगाले बनाइएको करिब डेढ किलोमिटर लामो सिँढी बाटो, ढुंगाले छाइएका घरहरू, सडक छेउमा रोपिएका विरुवा, त्यहाँबाट देखिने प्राकृतिक दृश्य र गाउँकै अर्गानिक उत्पादनलगायतका कारण भूकमा कोरोना कहर अगाडिसम्म पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो।

‘कोरोनाभन्दा अगाडिसम्म त यहाँ पाहुनाहरूको लाइनै लाग्थ्यो। कोरोनाले सुनसान बन्यो‚ हामी पनि अत्तालियौँ,’ भुक देउराली विकास मञ्चका संयोजक पञ्चकाजी गुरुङले भने, ‘अब बिस्तारै कोरोनाको जोखिम कम हुँदै गएको जस्तो देखिएको छ। यहाँका रमाइला ठाउँहरू घुम्ने सिजन पनि यही बेला हो। अब त पर्यटकहरु यहाँ आउनुपर्छ।’

 

पाहुनाहरूलाई स्थानीय स्वाद र रमाइलोको अनुभूतिका लागि १० वटा ‘होमस्टे हाउस’ समेत स्थापना गरिएको भूकमा बाजागाजा, दोहोरी लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत ‘होमस्टे’ मा हुने भएकाले पनि पाहुनाको प्रतीक्षामा रहेको ‘होमस्टे’ का अध्यक्ष टेकबहादुर गुरुङले बताए।

भुक जानका लागि कास्कीको नयाँ पुल र पर्वतको पातिचौरबाट सवारीमा जान सकिन्छ भने पदयात्राका लागि नयाँ पुल रोजाइको ठाउँ हो। पदयात्रा गर्दै जाँदा करिब चार घण्टा लाग्छ भने सवारीमा जाँदा करिब डेढ घण्टा जति लाग्छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’