पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

पर्वत/ पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जा देउरालीमा नेकपा(एमाले)को सर्वसम्मत नेतृत्व चयन भएको छ ।
एमाले राम्जाको वडा अधिबेशन कार्तिक ६ गते शुरु भएपनि १० गते मात्रै रमेश केसीको अध्यक्षतामा कमिटीको नेतृत्व चयन भएको हो । यो संगै मोदी गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा खगेस्वरी केसी, सचिबमा शरणबहादुर क्षेत्री र उपसचिबमा पुष्पराज पौडेल र रिता शर्मा गौतम सर्बसम्मत रुपमा निर्वाचित हुनुभएको छ । कमिटीमा २२ जना सदस्य रहेका छन । यस अघि अध्यक्ष पदमा रमेश केसी र भुमिराज शर्मा अध्यक्ष पदका दाबेदार भएकाले नेतृत्व टुंगिएको थिएन ।


यसैबिच राम्जामा एमालेको उपसचिबमा निर्वाचित २० बर्षिया रिता शर्मा पर्वतमा सबैभन्दा कान्छी पदाधिकारी भएकी छन । नवजागृत क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दै आएकी शर्माले राजनितीबाट नै समाज परिर्वतन गर्न संभब रहेकाले आफुँ नेतृत्वमा गएको बताइन । उनी यस अघि पनि टोल सुधार समितिमा सक्रिय हुँदै सामाजिक काममा क्रियाशिल थिइन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई