एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज

पर्वत/नेकपा एमाले बागलुङ नगर कमिटिको अध्यक्षमा धन बहादुर परियार र बेनी नगरपालिकाको अध्यक्षमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि सुरु अधिबेशनमा परियार र जिसी सर्बसम्मत अध्यक्ष चयन भएका हुन ।
बागलुङ नगर अधिबेशनले परियार नेतृत्वमा ८६ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको छ। कमिटिको उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामकृष्ण शर्मा र उप–सचिवमा गंगा खत्री खड्का, कृष्ण बहादुर कार्की चयन भएका छन् । पदाधिकारीमा आकांक्षी सबैसँगको परामर्श र छलफल पछि अध्यक्ष मण्डलले नेतृत्व टुंगो लगाएको एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकले बताउनुभयो ।
यस्तै बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनका क्रममा नारायण जिसी, चन्द्रकुमार केसी र राजकुमार थापाले नगर अध्यक्षमा दावी गरेपछि लम्बिएको थियो ।अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएपछि जिसी र चन्द्रकुमार केसीबीच सहमति गराउनका लागि पार्टी नेतृत्वले बुधबार दिनभर गरेको प्रयासपछि राती सहमति भएकाले जिसी निर्विरोध भएका हुन् । उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कटुवाल र हिराबहादुर थापा चयन भएको एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।


एमालेको म्याग्दीका पालिकाहरुमा भएको अधिवेशनबाट अध्यक्षमा धवलागिरीमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका र रघुगंगामो प्रेमबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् । अन्नपूर्ण गाउँपालिकामा सहमति नजुटेकाले अधिवेशन अनिश्चित बनेको छ ।
यस्तै एमाले कुस्मा नगरको अधिबेशन आज कुस्मामा हुँदैछ । कुस्मा र मोदी गाउँपालिकामा बिहीबार नै अधिबेशन सम्पन्न हुने र सर्वसम्मत नेतृत्व चयन हुने एमाले पर्वतले जनाएको छ । कुस्मा नगरपालिकामा मिनप्रसाद श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कमिटी चयन गर्ने प्रयासमा नेताहरु जुटेका छन । उपाध्यक्षमा स्वस्थानी रिजाल, सचिबमा सुवासचन्द्र पौडेल, गणेश पौडेल, किशोर सापकोटा, अर्जुन निर्जन पौडेल लगायतको दाबी छ । पदाधिकारीमा दाबी गरेकाहरुबाटै सर्व सम्मत रुपमा नेतृत्व चयन हुने एमालेका एक जना नेताले न्युज डबलीलाई जानकारी दिनुभयो ।
यता मोदी गाउँपालिकामा पनि एमालेको अध्यक्ष पदमा दाताराम चापागाई र तेजबहादुर क्षेत्रीले दाबी गर्नुभएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास भैरहेको एमालेका युवा नेता बिमल लामिछानेले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई