पर्वतको पैंयु र जलजलामा एमालेको सर्वसम्मत नेतृत्व,पैयुमा न्यौपाने र जलजलामा अधिकारी

पर्वत, कार्तिक १०/ नेकपा एमालेको चालु नगर अधिबेशन मध्ये पर्वतका दुई वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमालेको नगर अधिबेशनबन जलजला गाउँपालिकामा लालबहादुर अधिकारी र पैंयु गाउँपालिकामा चोकलाल न्यौपानेको नेतृत्वमा सर्बसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
जलजला गाउँपालिकाको अध्यक्षमा लालबहादुर अधिकारी, उपाध्यक्षमा बाबुराम कार्की, सचिबमा महेन्द्र रेग्मी र उपसचिबमा बिकास गिरी तथा निलकठ सुबेदी निर्वाचित हुनुभएको छ । यस्तै पैयुँ गाउँपालिकाको अध्यक्षमा चोकलाल न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । न्यौपानेको अध्यक्षतामा ७५ सदस्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा बिष्णुप्रसाद काफ्ले, सचिवमा जिवलाल बस्याल, उपसचिवमा बालकुमार क्षेत्री र ज्ञानुमाया चापागाइ क्षेत्री चयन हुनुभएको छ ।
फलेबास नगरपालिकामा अधिबेशन शुरु भएपनि प्रतिनिधी बिबादका कारण स्थगित हुन पुगेको छ । फलेबास नगरपालिका वडा नं ५ खानीगाउँमा दोहोरो प्रतिनिधी सिफारिस भएपछि त्यसकै बिबादका कारण अधिबेशन उद्घाटन पछि स्थगित भएको छ । खानीगाउँको वडा अधिबेशनमा अध्यक्ष मण्डललाई बन्दसत्रले प्रतिनिधी पठाउने अधिकार दिएको थियो । अध्यक्ष मण्डलले पठाएको प्रतिनिधीको नामावली बिपरित पुरानो कमिटीले आफैले प्रतिनिधी सिफारिस गरेपछि बिबाद भएको छ ।
कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा बिहीबार अधिबेशन हुँदैछ भने बिहादीमा शनिबार र महाशिलामा सोमबार हुने जानकारी उपसचिब गोबिन्द पहाडीले दिनुभयो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’