अखेली र लामिछानेको ‘ढाँचा पार्यो नभने’ गीत बजारमा (भिडिओ सहित)
पर्वत/‘भिर्नी झोलामा’ गीत मार्फत चर्चामा आएका सञ्चारकर्मी तथा चर्चित लोकगायक कृष्ण अखेली र चर्चित लोकदोहोरी गायिका सरस्वती लामिछाने को स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
गीतको म्युजिक भिडियो गायिका लामिछानेकै आधिकारिक युट्युव च्यानल सरस्वती लामिछानेबाट सार्वजनिक भएको हो।
‘ढाँचा पा¥यो नभने’ बोलको उक्त गीतमा शिव अखेलीको शब्द तथा लय रहेको छ।
प्रेमी–प्रेमिकाको रुपको तारिफका केन्द्रित गीतको म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन्। निर्देशक क्षेत्री र प्रियंका आचार्य ‘मुन्नी’को अभिनय रहेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्। भिडियोमा पोखरा र पर्वतका सुन्दर दृश्यहरु समावेश गरिएको छ।
यसअघि लामिछाने र अखेलीले गाएको ‘भिर्नी झोला’मा बोलको गीतले दुई करोडभन्दा बढी भ्युज पाएको थियो।
गायक अखेलीले गीतको सबै पक्षले मेहेनतका साथ काम गरेका कारण गीत र भिडियो दुबै राम्रो बनेका कारण दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको बताउनुभयो । ‘यसअघि ‘भिर्नी झोलामा’लाई पनि दर्शकले अत्याधिक माया गरिदिनुभएको थियो’,उहाँले भन्नुभयो, ‘सोही टिमले थप मेहेनतका साथ यो गीत तयार पारेका छौँ, दर्शक श्रोताले अवश्य रुचाउनुहुन्छ भन्ने विश्वास गरेका छौँ।’ गीतको भिडीयो बिश्वकै अग्लो बञ्जीजम्प, पोखरा लगायतका स्थानामा सुटिङ्ग गरिएको थियो । उहाँले गीतको भिडियो पनि राम्रो बनेको पनि बताउनुभयो ।
गायिका लामिछाने र अखेलीको स्वरमा सअघि ‘भिर्नी झोलामा’, ‘आमउने जाने बसैको भाडा तिरम्ला’, पनि चर्चामा थिए । दुबै गायक र गायिकाका दुई दर्जनबढी गीत सार्वजनिक भइसकेका छन्।
भिडिओ :