गजल
-स्मृति पौडेल
कस्तो निर्दयि रहेछ जिबन भत्काएर गयो
पागल हुरि रहेछ सपना उडाएर गयो।।
पिडादायि जिन्दगीको को सग गरु गुनासो
मसानघाटको मुर्दा सरि जलाएर गयो।।
यो मनको कोमलता लाई कसरी मार्न सकेको
जिउँदोलाई मारेर आगोमा डडाएर गयो।।
मुटुबिनाको धारिलो हतियार रहेछ
मेरो मुटु समेत लुटाएर लग्यो।।
त्यो अन्धो तुफानलाई सम्झन चाहन्न
स्मृतिका मिठा पल आँसुमा डुबाएर गयो।।
पोखरा