कालीगंगा सुसाउँदा

-सोनि रिजाल
कालीगंगा सुसाउंदा पहराले माया
लाउँछ,
झरनाको धुनसंगै कोईलीले नाच्न
आउँछ,
पाखा पाखा रमाउँदै नाच्दै हिंड्ने चरी कठै,
शिकारीको जाल् मा परि बिचल्ली त हुन्न कतै,
पहरामा उडीहिंड्ने रमाउंदै गीत
गाउने,
चखेवाको जोडीजस्तै अजम्वरी प्रीत लाउने,
कति मिठो प्रेम थियो, कति धेरै
माया,
उड्दा उड्दै पंख झर्यो हराई गयो
छांयां,
उड्नुथियो निकैमाथी कस्ले देला उस्लाई साथ,
जोडी छोडी पिंजडामा समाउँछे कस्को हात,
ब्याकुल बनी हिंडछे कठै कराउँदै भुर्भुर गरी,
साथी उस्को कतागयो चिच्याउँछे
मर्नेगरी,
तरपनि आउँदैन उस्को साथी फर्किएर,
अर्कै साथी बनाउँछे, बस्दिन उ तर्किएर,
जीवन हो कहाँ हुन्छ सधैंभरी
यकैनास,
सुखदुख दुईपाटा केही दिन् को
मात्र साथ,(२)
पाङ १,  सहस्रधारा , पर्वत

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई