अब बचत र मुद्दतीमा कुन बैंकको कति पुग्यो ब्याजदर ?

काठमाडौँ / बैंकहरुले एक महिनाको छोटो अवधिमै निक्षेपकर्तालाई दिने ब्याज बढाएका छन् । यसअघि असोजदेखि लागू हुनेगरी बचत तथा मुद्दतीमा नयाँ ब्याज तोकेका यी बैंकले कात्तिकदेखि लागू हुनेगरी फेरि अर्को सूची सार्वजनिक गरे ।

असोजमा व्यक्तिगत मुद्दतीमा अधिकतम १०.०७ प्रतिशत ब्याज कायम भएकोमा कात्तिकमा आउँदा ११.१० प्रतिशतसम्म पुगेको छ । मुद्दतीमा मात्रै नभई धेरैजसो बैंकहरुले बचतमा पनि ब्याजदर बढाएका छन् । बचतमै ब्याजदर ८.१० प्रतिशतसम्म पुगेको छ ।

लगानीयोग्य रकमको अभावपछि बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका हुन् । पछिल्ला साता कर्जा प्रवाह निक्षेपभन्दा उच्च दरले बढेको छ, जसले गर्दा लगानीयोग्य रकमको अभाव देखिएको छ ।

असोजको सुरुआती तीन सातामा वाणिज्य बैंकहरुमा ८४ अर्ब निक्षेप थपिँदा १ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ । असोज २२ गतेसम्म आउँदा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब पुगेको छ भने कुल कर्जा ३९ खर्ब ८३ अर्ब पुगेको छ ।

कोरोनाको असर न्यून हुँदै गएकाले कर्जाको माग अझै बढ्ने अनुमानपछि बैंकहरुले स्रोत जुटाउन निक्षेपमा ब्याजदर बढाएका हुन् । सनराइज, सानिमा लगायत केही बैंकले भने ब्याजदर सामान्य घटाएका छन् ।

एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ११.१० प्रतिशत ब्याज तोकेको छ। बचतमा पनि धेरै ब्याज दिनेमा सो बैंक नै अगाडि देखिएको छ ।

बैंक र ब्याजदर (प्रतिशतमा)

बैंक र ब्याजदर (प्रतिशतमा)

बैंक बचतको ब्याज व्यक्तिगत मुद्दतीको ब्याज
एनआइसी एसिया .१० देखि .१० ११.१०
नबिल .२६ देखि .२६ .७६
सिभिल .६१ देखि .५१ .५१ देखि १०.११
ग्लोबल आइएमई . . देखि 
बिओके .०७ देखि .५७ .५७
सेन्चुरी .२५ देखि .२५ .२५ देखि .७५
सिटिजन्स .७६ देखि .०६ .२६
एभरेष्ट . देखि   देखि 
हिमालयन .६७ देखि .६७ . देखि 
कुमारी .३१ देखि .३१ .८१ देखि .८१
माछापुच्छ्रे  देखि .२५ .
मेगा .२७ देखि .७७ .७७
नेपाल बंगलादेश .२८ १० देखि १०.२८
एनएमबि .५७ देखि .५७ .५७
एसबिआई .५६ .०६ देखि .५६
सिद्धार्थ बैंक . १०.
प्राइम .७६  देखि .७५
सनराइज .०७  देखि 
कृषि विकास  देखि  . देखि 
राष्ट्रिय वाणिज्य .५५ देखि .०५  देखि .५५
प्रभु .२५ देखि  .७५ देखि .२५
नेपाल .०५ देखि .५५ .०५
सानिमा . देखि   देखि 
स्टान्डर्ड चार्टड .५० देखि   देखि .

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’